शाही युवा शक्ति नेपालको घोषणा: ‘ओली गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री हुन’

Sharing is caring!

मंसिर २१, २०७५ । शाही यूवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्रीको संज्ञा दिएको छ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा  शाही यूवा शक्ति, नेपालले आगामी पुष १ गते काठमाडौंमा गर्न लागिएको विशाल मोटरसाईकल ¥यालीको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खड्काले वर्तमान सरकारका प्रधानमन्त्री सक्रिय राजतन्त्रभन्दा सयौं गुणा निरंकुश बनेको आरोप लगाए ।

खड्काले भने,‘वर्तमान शासन सत्ता जनताको भावनाविपरित चलेको छ, गणतन्त्रभन्दा सक्रिय राजतन्त्र एकदमै जनपक्षीय थियो, केही निश्चित् नेताहरुको स्वार्थमा जनताहरु रनभुल्लमा परेर हिजोको दिनमा गल्ति गरेका हुन, अब चेतिसकेका छन्, गणतन्त्रभन्दा सक्रिय राजतन्त्र जनपक्षीय हुन्छ, सरकारले राष्ट्र, राष्ट्रियता र धर्मलाई डलरमा बिक्रि गरेको छ, नेपाली जनताहरुले आफ्नो धर्म, राष्ट्र र राष्ट्रियताका बारेमा गम्भिर बन्नुपर्ने स्थिति आएको छ, यो बेलामा पनि जनताहरु जाग्न सकेनन् भने देश अब रहिरहन सक्दैन् ।’

वर्तमान सरकार र सरकारका मन्त्रीहरुका क्रियाकलापहरुलाई जनताले अस्विकार गरेको दाबी गर्दै अध्यक्ष खड्काले भने,‘देशमा राजतन्त्र चाहिन्छ, अहिलेका नेताहरुभन्दा राजा कयौं गुणा ठीक रहेछन्, भन्ने जनताले महशुस गरिसकेका छन्, पार्टीको झण्डा बोकेर देश बच्दैन, गणतन्त्रले जनताको भलाई गर्न सकेन, देशमा वैदेशिक हस्तक्षेप बढेको छ, महंगीले नेटो काटेको छ, धर्म डलरमा बिक्रि गरिँदैछ, देशलाई विखण्डन गरिँदैछ, सत्ता, शक्ति र सम्पतिको लागि नेताहरुले देश र जनतालाई  लिलाम गर्दैछन् ।’

पहिलो पटक १९१० मा जंगबहादुर राणा र दोस्रोपटक २०२० सालमा राजा महेन्द्र शाहको पालामा बनेको मुलुकी ऐनको सम्झनामा शाही यूवा शक्ति नेपालले आउँदो पुस १ गते विशाल मोटरसाईकल ¥यालीको आयोजना गरेको बताउँदै अध्यक्ष खड्काले भने,‘पाँच विकास क्षत्र, १४ अञ्चल र ७५ जिल्ला कायम राख्ने र राजतन्त्रात्मक शासन व्यवस्थाका आधारमा मुलुकलाई विकसित र आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो, पुस १ गते गणतन्त्रकोबिरुद्धमा मानिस सडकमा आउँदैछन्, हेक्का रहोस् म गर्छु भन्ने तर केही नगर्नेहरुका दिनहरु सकिए, जनताहरु जागरुक हुन्छन्, जनता राष्ट्र र राजसंस्थाको बारेमा बुझ्ने भईसके, नेताहरुभन्दा राजानै राष्ट्रवादी, निःस्वार्थी र जनपक्षीय रहेछन् भन्न थालेका छन्।’

कार्यक्रममा शाही यूवा शक्ति नेपालका प्रवक्ता गोविन्द ढुङ्गाना, उपाध्यक्ष मञ्जु थापा, सचिव राम बस्नेत, केन्द्रीय सदस्यहरु सन्देश साह, साङ्गे लामा, ईश्वर ढुङ्गाना, काठमाडौं जिल्ला अध्यक्ष भोला प्रसाद पौडेललगायतले वर्तमान सरकार र गणतन्त्रको बिरोध गर्दै राजतन्त्रको आवश्कत्ता औंल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *