वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष थिए: प्रधानमन्त्री ओली

Sharing is caring!

फागुन १७, २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष रहेको बताउनुभएको छ ।

हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य रविन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्न बसेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को शुक्रबार भएको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले वाइडबडीबारे बोलेका हुन् ।

प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर केही तत्वले उनको बद्नाम गर्न खोजेको बताउनुभयो ।

‘यतिबेला अरू धेरै कुरा त केही भन्न चाहन्न अत्यन्तै अनुचित ढंगले वहाँको कुनै सरोकार नभएको बिषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले उहाँलाई बद्नाम गर्न खोजे जो सम्पूर्ण रुपमा निराधार कुरा हो,’

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उहाँले कुनै लोभलालचका लागि होइन र वहाँले वाइडबडीमा आफूले केही गरेको पनि छैन त्यो वाइडबडी वहाँ मन्त्री हुनभन्दा पहिलेको कुरा हो ।

वाइडबडीबारे रविन्द्र अधिकारीलाई आरोप लगाउनु दुःखद भएको प्रधानमन्त्री ओलीले बताएका छन् । ‘मलाई दुःख लाग्छ कि उहाँ जस्तो कर्मठ, क्रियाशील मानिसलाई अनुचित ढंगले त्यस प्रकारले आरोप लाञ्छनाहरु लगाउने र अपमान गर्ने काम पनि भयो ।’

अधिकारीको निधनले पार्टी,सरकार र देशले एक कुशल नेता,मन्त्री र नागरिक गुमाएको प्रधानमन्त्री ओलीले बताए। दुर्घनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन क्षेत्रका एकजना हस्ती भएको प्रधानमन्त्री ओलीले बताए।

यसैगरी उपसचिव युवराज दाहाल विकासलाई बिभिन्न कोणबाट बिष्लेषण् गरेर योजना बनाउन सक्ने व्यक्ति भएको प्रधानमन्त्रीको भनाइ छ । निधन भएका अन्य व्यक्तिहरु  पनि आफनो आफनो क्षेत्रका दिग्गज भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

नेकपा संसदीय दलको शुक्रबारको बैठकले दुर्घटनामा निधन भएकाहरुप्रति शोक प्रस्तव पारित गरेको छ। यसैगरी बैठकले मृततका परिवारको लालनपालनका लागि सरकारको ध्यानआकर्षण गराउने निणर्यय समेत गरेको ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *