लुक्ला विमान दुर्घटना: मृत्यु हुनेको संख्या चार पुग्यो

Sharing is caring!

बैशाख १, २०७६ । सोलुखुम्बुको लुक्ला बिमानस्थलमा भएको समिट एयरको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मनाङ एअरका चालक, समिट एअरका को-पाईलट र विमान सुरक्षामा खटिएका दुई जना सुरक्षाकर्मीको मृत्यु भएको हो ।

काठमाडौंका लागि उड्न लागेको समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर हेलिकप्टरमा ठेक्किँदा दुर्घटना भएको हो ।

त्यस्तै विमानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीका दुई असई सहित ४ जनाको ज्यान गएको भनिएपनि पुरा विवरण आई नसकेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *