लम्पी स्किनबाट देशभर ५२ हजार ४ सय ४८ पशुको मृत्यु : मन्त्री भूषाल

Sharing is caring!

भदौ ७, २०८० । कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भूषालले लम्पी स्किनका कारण अहिलेसम्म देशभर ५२ हजार ४ सय ४८ पशुको मृत्यु भएको जानकारी दिएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै उनले संघ प्रदेश र पालिकाहरुबीच समन्वय गरी संकलन गरिएको तथ्याङक हेर्दा अहिलेसम्म ५२ हजार ४ सय ४८ पशुको मृत्यु भईसकेको जानकारी दिएका हुन् ।

उनले भने, यस रोगको जानकारी लिन संघ प्रदेश र पालिकाहरुबीच समन्वय गरी तथ्याङ संललन गरिएको छ । तथ्याङकहरु अनुसार विगत पाँच महिनामा यस रोगबाट १४ लाख ४६ हजार ४ सय ५९ पशु विरामी भएका छन् । १२ लाख ८८ ७८ सय ५९ निको भए ५२ हजार ४ सय ४८ पशुको मृत्यु भएको छ । यसको रोकथामको लागि सरकारले सक्दो प्रयास गरिरहेको छ । उनले यस रोगको भ्याक्सिन जोर्डन, तान्जानिया र टर्कीबाट आयात गरिएको बताए ।

उनले भने, यस रोगको भ्याक्सिन हाम्रो देशमा बन्दैन् । जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरिरहेको छौं । भ्याक्सिन लगाउँने काम भईरहेको छ । उपचार र नियन्त्रणका लागि तीनै तहका सरकारबाट पहल भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *