अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न चिकित्सक संघको आग्रह

Sharing is caring!

पुस २९, २०७५ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले बेलैमा अनशनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने स्पष्ट पारेका छन् ।

उनले भने,‘प्रधानमन्त्रीलाई गलत सल्लाह नदिन म नेकपाका सांसदहरुलाई आग्रह गर्दछु । वार्ता समिति बनाएर वा आँफै पहल गरेर भएपनि प्रधानमन्त्रीज्यूले डा. केसीको माग सम्बोधन गर्नुहोस भनेर म यही मञ्चबाट आग्रह गर्दछु ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री ओलीले डाक्टर केसीको माग सम्बोधन गर्न समयमै दिमाग र आँखा खोल्नुपर्ने पनि बताए । सरकारले दुई तिहाईको दम्भ देखाउन नहुने उनको सुझाव छ ।

उनले सरकारले कु–सोच राख्न नहुने धारणा राखे । उनले भने,‘आवश्यक पर्यो भने हामी पनि चुप लागेर बस्दैनौं । हामी कम बोल्छौं तर काम गरेर देखाउँछौं ।’ सरकारले अहिले दम्भ र उत्तेजना देखाउन बेला नभएको पनि उनले तर्क गरे ।

गोविन्द केसी सरकारी कर्मचारीमात्रै नभएर तीन करोड नेपालीहरुको अभियन्ता पनि भएको श्रेष्ठले बताए । उनले भने,‘जनताले संघर्ष गर्दा मुलुकमा भएका शक्तिशाली संस्थाहरुपनि धराशयी भएका ईतिहाँस छ ।’

उनले आफूहरु डाक्टर केसीको पृष्ठपोषक नभएको पनि जिकिर गरे । श्रेष्ठले भने,‘डाक्टर केसीले उठाएका मागहरु त कम्युनिष्ट सरकारले उठाउनुपर्दथ्यो । कम्युनिष्ट सरकारले उठाउनुपर्ने कुरा उठाईदिनुभएको छ ।’ उनले डाक्टर केसी संघको आजिवन सदस्य भएकोले उनको जीवन रक्षाको लागि सरकार गम्भिर बन्नुपर्नेपनि बताए ।

वर्तमान सरकारले डाक्टर केसीसँग सम्झौता गरेको तर कार्यान्वयन नगरेकोमा उनले गुनासो पोखे । उनले भने,‘सरकारले कि नसक्ने भए हामी सक्दैनौं भनेर पहिल्यै भन्नुपर्दथ्यो । तर, सम्झौता गरेपछि लागु गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *