गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

Sharing is caring!

भदौ ७, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित गौरा पर्व २०८० विशेष कार्यक्रमलाई सम्बोधन गर्दे उनले सुदुरपश्चिमका जनताको भावनालाई कदर गरेर मन्त्रिपरिषद्बाटै गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने घोषणा गरे ।

उनले भने, गौरा पर्वको हिजो मात्र मन्त्रिपरिषद्को बैठकमा चलेको छ । हामीले यसलाई सकरात्मक मात्र होईन सुदुरपश्चिमका जनताको भावनालाई कदर गरेर जानुपर्छ भन्ने कुरामा प्रष्ट गरेका छौं । आजको यो मञ्चबाट गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने निर्णय लिएर मन्त्रिपरिषद्मा जाने घोषणा गर्छु ।

उनले यस पर्वमा सार्वजनिक बिदा घोषणा गर्ने प्रतिवद्धता जनाउँदै भने, यो पर्वको दिन बिदाको निम्ती घोषणा गरिने विश्वास पनि दिलाउँन चाहान्छु ।

उनले सुदुरपश्चीम र कर्णालिका जनताको जीवनमा समृद्ध नआउँदासम्म नेपालमा कुनै समृद्धि हुन नसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *