रेमिट्यान्स भित्र्याउनेमा भारत अगाडि

Sharing is caring!

वैशाख १७, २०७५ । दुई वर्षको लगातार गिरावटपछि गत वर्ष भारतमा भित्रिएको विप्रेषण (रेमिट्यान्स) मा पुनः वृद्धि भएको छ । गत वर्ष भारतमा ६९ अर्ब डलरको विप्रेषण भित्रिएको थियो । यद्यपि यो २०१४ को ७०.४ अर्ब डलरको तुलनामा अझै कम हो । भारतबाट बाहिर गएको विप्रेषणमा भने लगातार वृद्धि भई गत वर्ष ५.७ अर्ब डलर पुगेको हालै प्रकाशित विश्व बैंकको प्रतिवेदनले देखाएको छ ।

२०१७ मा विप्रेषणको आन्तरिक प्रवाहमा भएको ९.९ प्रतिशतको वृद्धिले भारतलाई विश्वकै बढी विप्रेषण भित्रयाउने मुलुकका रूपमा उभ्याउन सफल भएको छ । भारत लामो समयदेखि यो स्थानमा रहँदै आएको ‘माइग्रेसन एन्ड रेमिट्यान्स आउटलुक’ शीर्षकमा विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।

विदेशीले भारतबाट बाह्य मुलुकमा पठाएको ५.७ अर्ब डलरको रेमिट्यान्समा बंगलादेशले मात्रै ४ अर्ब डलर हर्थात ७१ प्रतिशत लगेको छ ।
विश्वकै बढी प्रवासी जनसंख्या भारतीयहरू नै भएको तथ्यांकले देखाएको छ । विश्व बजारका लागि भारतीयहरू विश्वकै ठूलो श्रमको स्रोत भएका छन् ।

२०१७ मा विदेशमा १ करोड ६४ लाख भारतीयको बसोबास थियो । विदेशमा काम गर्ने मुलुकमा मेक्सिको र रूसका क्रमशः १ करोड १९ लाख र १ करोड १० लाख रहेका छन् । यो मामिलामा चिनियाँको संख्या पनि १ करोड रहेको छ ।

बंगालदेशी र पाकिस्तानीको प्रवासी संख्या ठूलो भए पनि यसले उनीहरूले भित्रयाउने विप्रेषणको अनुपातमा ठूलो प्रतिनिधित्व गरेको छैन । चीनले पनि बिदेसिएका नागरिकबाट ६४ अर्ब डलर आर्जन गरेको छ । यो खबर आजको कारोबारबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *