वृद्धालाई मलमूत्र खुवाइयो

Sharing is caring!

कात्तिक ८, २०७५ । उदयपुरमा पशुचौपाया छाडा छाडदा आफनो बाली नष्ट भएको गुनासो गर्न पुगेकी उदयपुरगढी गाउँपालिका ५ मौवासीकी ७५ वर्षीया रेश्मा राईलाई छिमेकीले उल्टै मान्छेको मलमूत्र खुवाएका छन् ।

एक्लै बसेर गुजारा गर्दै आएकी राईलाई छिमेकी बक्ते राई, उनकी श्रीमती गर्भी र छोरा देवबहादुरले कुटपिट गर्दै मलमूत्र खुवाएका हुन् ।

कुटपिटबाट उनको दायाँ आँखामा गम्भीर चोट छ । शरीरका अन्य भागमा पनि नीलडाम छन् । वृद्धाको उपचार र चोट जाँच गर्न जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक ललनप्रसाद राउतकुर्मीले बताए । छिमेकीले दिनहुँजसो आफ्ना बारीमा बस्तु छाडा छोडदा लगाएको बाली नष्ट भएको वृद्धा राईले बताइन् । ‘बक्तेले गाईबस्तु सधैं छाडछ,’ उनले भनिन्, ‘बस्तु नछोड भन्दा उल्टै कुटपिट गरेर दिसापिसाब खुवाए ।’

पीडकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।यो खबर आजको कान्तिपुरमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *