राष्ट्रिय वाणिज्य बैंक सहायक प्रबन्धक ५० हजार घुस सहित रङ्गेहात पक्राउ

Sharing is caring!

वैशाख १०, २०७५ । आज अख्तियार दुरुपयोग अनुसन्धान टोलीले राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्लेलाई रु ५० हजार घुस सहित रङ्गेहात पक्राउ गरेका छन् ।

बर्दिवास नगरपालिका–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत सहुलियत दरमा रु १० लाख ऋण उपलब्ध गराएबापत सेवाग्राहीसँग कमिसन लिने क्रममा कार्यालयबाटै पक्राउ परेका हुन् ।

रु १० लाखको पाँच प्रतिशतका दरले रु ५० हजार लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलले बताउनुभयो ।

काफ्लेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रनाउ पोखरेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *