बैशाख १४ बाट देशैभर ‘कोहलपुर एक्सप्रेस’

Sharing is caring!

वैशाख १०, २०७५ । अभिनेत्री केकी अधिकारीले पहिलो पटक निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ बैशाख १४ गतेबाट देशैभर रिलिज हुँदैछ । यो फिल्म विशाल भण्डारीको कथा र निर्देशनमा बनेको हो।

केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने फिल्मको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् ।

अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् ।

फिल्मका गीतमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र कालीप्रससाद बाँस्कोटाको संगीत सुन्न सकिन्छ । यो फिल्मको ‘सीओडब्ल्यू काउ’ बोलको गीत निकै नै लोकप्रिय छ ।

ट्रेलर हेर्नुहोस् :

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *