राष्ट्रपतिद्वारा गणतन्त्र दिवसको अवसरमा बालकृष्ण ढुंगेलसहित ८१६ कैदीको कैद सजाय माफ

Sharing is caring!

जेठ १५, २०७५ । द्वन्द्वकालिन मुद्दामा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेलले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा सजाय माफी पाएका छन् । गणतन्त्र दिवसको अवसरमा उनी अरु ८१६ कैदीसँगै आजै छुट्ने कारागार व्यवस्था विभागका प्रमुख हरि मैनालीले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा एघारौँ गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा असल चालचलनका कैदीको सजाय छोट्याई सोमबार माफी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *