‘मिस यूनिभर्स नेपाल २०२३’ को ग्राण्ड फिनालेमा २२ यूवतीबीच प्रतिष्पर्धा हुने

Sharing is caring!

भदौ १, २०८० । आगामी भदौ २३ गते ललितपुरमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल २०२३’ का लागि अन्तिम प्रतिस्पर्धामा २२ जना यूवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।

काठमाडौंको रायन होटलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि निर्देशक नग्मा श्रेष्ठले उक्त जानकारी दिएकी हुन् । कार्यक्रममा २२ जना प्रतिष्पर्धीहरु रातो कार्पेटमा हिँडेका थिए । उनीहरुले आफ्नो परिचय मिडिया र उपस्थित पाहुनाहरुलाई दिँदै रातो कार्पेटमा क्वाटवाक गरे ।

निर्देशक नग्मा श्रेष्ठले मिस यूनिभर्स नेपाल २०२३’ को ग्रयान्ड फिनाले भदौ २३ गते ललितपुरको गोदावरी कन्भेन्सन सेन्टरमा हुने जानकारी दिईन् । उनले यस वर्षको मिस युनिभर्स नेपाले नवीनतालाई अँगाल्ने विश्वास व्यक्त गरिन् । कार्यक्रम कान्तिपुर टिभी एचडी, कान्तिपुर सिनेप्लेक्स एचडी र कान्तिपुर टिभी एचडी युट्युबमा प्रत्यक्ष प्रशारण गरिने पनि उनले जानकारी दिईन् ।

उनले भनिन्, ग्रयान्ड फिनाले भदौ २३ गते ललितपुरको गोदावरी कन्भेन्सन सेन्टरमा हुने छ । यस वर्षको मिस युनिभर्स नेपाले नवीनतालाई अँगाल्ने विश्वास छ कार्यक्रम कान्तिपुर टिभी एचडी, कान्तिपुर सिनेप्लेक्स एचडी र कान्तिपुर टिभी एचडी युट्युबमा प्रत्यक्ष प्रशारण गरिने छ ।

उक्त कार्यक्रमको प्रायोजकको रूपमा एशियन पेन्ट्स नेपाल रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *