जलवायू परिवर्तनको मुद्दामा नेपालले राम्रोसँग काम गर्न सकेन् : मन्त्री महतो

Sharing is caring!

भदौ १, २०८० । वन तथा वातावरणमन्त्री बीरेन्द्र प्रसाद महतोले जलवायू परिवर्तनको मुद्दामा नेपालले राम्रोसँग काम गर्न नसकेको बताएका छन् । शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री महतोले जलवायु परिवर्तनका मुद्दा धेरै मन्त्रालयमा छरिएको विषय भएकोले काम गर्न समस्या भएको बताए ।

उनले भने, अहिले हामी जुन जलवायू परिवर्तनको कुरा गरिरहेका छौैंं । जलवायू परिवर्तनमा नढाँटी भन्नुपर्दा नेपालले राम्रोसँग काम गरिरहेको अवस्था छैन् । न हामीसँग नियम कानून छ । न योजना छ । न आउँने भविष्यमा ठोस् योजनाहरु छ । यसमा हामी प्रवेश गर्न सकिरहेकै छैनौं । त्यसको कारण यो बिभिन्न मन्त्रालयसँग जोडिएको हुनाले सहकार्य गर्न सकेका छैनौं ।
मन्त्री महतोले जलवायु परिवर्तनको मुद्दामा लिने सहयोग पनि नमिलेको प्रष्ट पारेका छन् ।

उनले भने, अर्थमन्त्री र मन्त्रालयले विदेशी सहयोगको नाममा जुन लिईरहेको छ । त्यो एकदमै नमिल्ने किसिमले लिएको छ । टुक्रा टुक्रा डलर लिने र उसले राखेको अनुसार मैले सम्झौता गर्नुपर्ने । त्यसपछि अमेरिकोको अवस्थालाई राखेर नेपालमा सम्झौता गर्‍यो भने, त्यो पैसा कसैले खर्च गर्न नसक्ने हुन्छ । हाम्रो जलवायू , वातावरण छुट्टै छ तर त्यसलाई मध्यनजर नराखी आफ्नो नियम कानून राखेर हामीसँग सम्झौता गर्छ । मन्त्री महतोले चरेलाई राजनीतिकरण गर्न दिएर धेर काम विग्रिएको बताए । उनले चुरेको बारेमा जबसम्म ठोस योजना आउँदै तबसम्म चुरको विकास पनि नहुने ठोकुवा गरे ।

उनले भने, चुरेलाई हामीले राजनीतिकरण गरिदिएका छौं । बोर्ड बनाएको छ राज्यमन्त्रीलाई सरह गाडी दिने सुविधा दिने माननीय लेख्ने अनि विकास यहाँ खोजेर हुन्छ । त्यहाँ बजेट कनिका छरेको जस्तो दुई लाख पाँच लाख छुट्याएको छ । माननीय जीको खेततिर बगेको पानीको लागि बजेट लगेको छ । चुरेभन्दा दश किलोमिटर परको माननीयलाई पैसा लगाएको छ । त्यसैले चुरेको जबसम्म ठोस योजना आउँदैन तबसम्म चुरेको विकास हुन असम्भब छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *