महेन्द्र राजमार्ग व्यक्तिको नाममा ‘पास’

Sharing is caring!

माघ २२, २०७५ । ५३ बर्षअघिको महेन्द्र राजमार्गको जमिन नै ब्यक्तिको नाममा पास भएको खुलासा भएको छ । पुर्ब पश्चिम राजमार्गको क्षेत्रफल रहेको जमिनको कित्ताकाट नगरिकनै मालपोत कार्यालय र नापी कार्यालय चन्द्रनिगाहपुरले ब्यक्तिको नाममा पास गरेको खुलासा भएको हो ।

राजमार्ग नदेखाइकनै पास गराउँदा राजश्व रकम समेत चुहाबट हुने गरेको रहस्य खुलेको छ । राजमार्गसंग जोडिएको जमिनको राजश्व र राजमार्ग नभएको जमिनको राजश्व फरक रहेको छ । यसैकारण नापी कार्यालयका कर्मचारीले राजमार्ग नदेखाइकनै जमिन कायम गर्ने गरेको पाइएको हो ।
चन्द्रनिगाहपुरभित्र पर्ने पुर्ब पश्चिम राजमार्गको अधिकास भुभाग पछिल्लो समयमा नापी कार्यालयले कित्ताकाट गर्ने गरेको छैन । यसो गर्दा नापी कार्यालयका कर्मचारीले ब्यक्तिसंग मोटो रकम लिने गरेको आरोप समेत रहेको छ । पूर्व पश्चिम लोकमार्ग २५ र सहायक मार्ग १५ मिटेर छाडेर मात्र नापी कार्यालयले किताकाट गर्नुपर्नेमा त्यसो नगरिकनै रजिष्ट्रेसन पास गराउन सिफारिस गर्ने गरेको खुलेको हो ।

चन्द्रनिगाहपुरभित्र पर्ने पुर्ब पश्चिम राजमार्गको जंगलछेउदेखि चा“दिपुलसम्म र गौर चन्द्रनिगाहपुर खण्डका अधिकास सडकको भाग घडेरीको रुपमा नापी कार्यालयले पास गर्न सिफारिस गर्ने गरेको खुलेको हो । किताकाट नगरिकनै पठाउनु भनेको रजिष्टे«शन गर्न सिफारिस गरेको सो सरह रहेको स्थानीयको भनाइ छ ।

अन्तर्राष्ट्रिय मार्गको रुपमा परिचित लोकमार्गलाई भूमाफियाको मिलेमतोमा सडक बिभागले तोकेको मापदण्डबिपरित ब्यक्तिको नाममा पास गराउन सहयोग गर्नु आपतीको बिषय रहेको नागरिक समाजका अगुवाले बताउने गरेका छन ।

सडकको क्षेत्रफलको किताकाट गर्नु भनेर कुनै किसिमको पत्र नआएकोले सम्सी किता पास गर्ने गरेको नापी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख संजयकुमार साहले बताउनुभयो । नापी कार्यालयको कित्ताकाटका आधारमा मालपोत कार्यालय बाट रजिष्ट्रेसन पास हुदै आएको छ । सडकको जमिनसमेत पास गरेको बिषयमा नापी र मालपोत कार्यालयले एक अर्का लाई दोष देखाउने गरेका छन ।

ब्यक्तिको नाममा राजमार्गनै पास हुन थालेपछि डिभिजन सडक कार्यालय रौतहटले पूर्वको बा“के जंगल र पश्चिममा धन्सार सम्मको राजमार्गको लालपूर्जा मगाएको छ ।

उता चन्द्रनिगाहपुरमा रहेको देब आयल स्टोर्सले २४ धुर जमिन खरिद गरे पनि सडकको १४ धुर समेत पास गरेपछि यस्तो रहस्य खुलेको हो । उक्त जमिन बीरंगजका रबि कुमारले बिक्रि गरेका हुन । उनले आफनो नामको जमिन राजमार्गसहित पास गर्न सहयोग गरेका छन ।

सडकको जमिन नक्सामा खुलाइएको छ तर पनि अनधिकृत लाभको भरमा नापी कार्यालयले सडकको किताकाट नगर्ने गरेको खुल्न आएको हो । चितवन उपत्यकाको नवलपरासी जिल्ला खण्डमा पर्ने गैडाकोटमा ०२२ सालमा तत्कालिन राजा महेन्द्र शाहबाट सो सडकको उद्घाटन भएको हो । पुर्ब पश्चिम राजमार्ग झण्डै एघार सय किलोमिटर भन्दा लामो पूर्वमा काकडभिटा (मेची नगर)देखि पश्चिम महेन्द्रनगरसम्म रहेको छ ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा प्रसादले ब्यक्तिको नाममा राजमार्गनै पास भएको सुन्दा दिगभ्रमित भएको बताउनुभयो । सडकको नियममा पुर्ब पश्चिम राजमार्ग ३१ मिटर भनिए पनि हाल २५ मिटर कायम गरिएको र बाँकीको ५ मिटरमा घरधनीले कुनै किसिमको संरचना बनाउन नपाउने हो ।यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *