निजी क्षेत्रमार्फत् नेपालमा लगानी गर्न आग्रह

Sharing is caring!

कात्तिक ६, २०७६ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निजी क्षेत्रमार्फत् जलविद्युतका अतिरिक्त पर्यटन, कृषि, सहरी पूर्वाधार लगायतका क्षेत्रमासमेत लगानी गर्न आग्रह गरेका छन् ।
विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको दोस्रो दिन वोर्ड अफ् गभर्नरको प्लेनरी सेसनमा सहभागी हुँदै उनी नेतृत्वको नेपाली प्रतिनिधिमण्डले अन्तर्राष्ट्रिय वित्त निगमका एसिया प्रशान्त क्षेत्र हेर्ने उपाध्यक्ष लगायतका उच्च पदाधिकारीहरुसँग भएको भेटमा उनले नेपालको अर्थतन्त्रको संभावनाबारे चर्चा गर्दै अन्तर्राष्ट्रिय वित्त निगमले नेपाल निजी क्षेत्रमार्फत् लगानी गर्न आग्रह गरेका हुन् ।

उनले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै निजी क्षेत्रलाई थप सवल तथा सक्षम र प्रभावकारी बनाउन लगानीका क्षेत्रहरुको विविधिकरण गर्नुपर्ने विषयमा जोड दिए ।
उनले पूर्वाधार विकासको लागि मध्यम तथा दीर्घकालिन अवधिको वित्त परिचालन गर्ने विषयमा निगमको ध्यानाकर्षण गराए । साथै बैंकको ट्रेजरी हेर्ने उपाध्यक्ष लगायतको उच्च पदाधिकारीहरसँगको भेटमा उनले नेपालको पुँजी वजार सानो भएकाले यसको दायरा फराकिलो बनाउन आवश्यक भएको विषयमा जोड दिँदै वचत र लगानी बीचको ठूलो अन्तर घटाउन विदेशी पुँजी परिचालन जरुरी भएको बताए ।
उनले दक्षिण एसियामा सडक सुरक्षा सम्बन्धी एक कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागिता जनाउँदै सडक सुरक्षाका लागि सडक निर्माण भन्दा अगाडि अपनाउनुपर्ने डिजाइन तथा इन्जिनियरिङ्ग पक्ष, सवारी साधनको भारवहन क्षमता, सडक प्रयोगकर्ताको ज्ञानको स्तर, सवारीसाधनको परीक्षण र यातायात क्षेत्रको नियमन जस्ता विषयमा ध्यान पु-याउनुपर्ने बताए ।
युरोमनी पत्रिकासँगको एक अन्तवार्ताको क्रममा उनले निजी लगानीकर्तालाई नेपालमा लगानी गर्दा जोखिमको यथार्थ विश्लेषण गर्न सहयोग पु-याउन र लगानीमा जोखिम बापत बढी प्रिमियम नलिने अवस्था सिर्जना गर्न नेपालको क्रेडिटरेटिङ्ग गर्ने कार्य सुरु गरीसकेको जानकारी गराए । त्यस्तै विश्वव्यापी आर्थिक सिथिलताले नेपालको वैदेसिक श्रम बजार, पर्यटन, विदेशी लगानी र व्यापारको क्षेत्रमा पार्न सक्ने सम्भावित प्रतिकुलता सामना गर्नुपर्ने तर्फ सजग रहेको जानकारी दिए । अहिलेको विश्वव्यापी आर्थिक समस्या आर्थिक र मौद्रिक नीतिबाट मात्रै हल नहुने हुँदा अन्तर्राष्ट्रिय तहमा अर्थ राजनीतिक समझदारी आवश्यक रहेकोमा उनले जोड दिए ।
सो क्रममा उनले व्रिटेन उड्स बाहिरका बहुपक्षीय संस्थाहरुसँग मिलेर काम गरेमा मात्र खुला व्यापार तथा लगानीमा देखिएका विद्यमान समस्याहरु हल हुने उल्लेख गरे । एक अर्को प्रसंगमा उनले दुईपक्षीय व्यापार लगानीका सम्झौताहरुले क्षेत्रिय र अन्तर्राष्ट्रिय व्यापार तथा लगानी सम्बन्धी भइरहेका समझदारी र सम्बन्धित वहुपक्षीय संस्थाहरुलाई कमजोर पार्न नहुने उल्लेख गरे ।
विश्व बैकका दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविक सेफरसहितको उच्च तहका पदाधिकारी संम्मिलित बैठकमा नेपालमा बैंकको सहयोगमा सञ्चालित आयोजनाहरुको प्रगती समिक्षा भयो । साथै पोर्टफोलियो कार्यान्वयनको गुणस्तर बढाउन आयोजना कार्यान्वयनमा थप जोड दिनुपर्ने तथा उर्जा, यातायात, रोजगारी, कृषि उद्यम, पर्यटन, सहरी पूर्वाधार विकास र संघीयता कार्यान्वयनका क्षेत्रमा थप सहायता परिचालन गर्न बैंक सकारात्मक भएको बताइएको थियो । यो खबर कारोबारबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *