मन्त्रालयको ढोका सबैका लागि खुला : गृहमन्त्री श्रेष्ठ

Sharing is caring!

असार ३०, २०८० । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको ढोका सबैका लागि सधैँ खुला भएको बताएका छन् ।

शनिबार चितवनमा पत्रकारहरुसँगको भेटघाटका क्रममा उनले गृहमन्त्रालय पहँुच बाहिर छ भनेर कसैले पनि सोच्न नपर्ने भन्दै गृहमन्त्रालयको ढोका सबैको लागि खुला भएको बताए । उनले भने, ‘गृह मन्त्रालय पहँुच बाहिर छ भनेर कसैले पनि सोच्नु पर्दैन्, निजि सचिवालय, स्विकीय सचिवालयले संयोजन सम्पर्क गरिरहेको छ । मैले पनि व्यक्तिगत रुपमा सबैलाई पहुँच खुला गरेको छु । गृहमन्त्रालय र गृहमन्त्रीको ढोका सबैलाई खुला छ । ’

उनले मन्त्रालय सुशासन, समृद्धि र सामाजिक न्यायको उद्देश्यमा सक्रिय भएर लागेका भन्दै यसमा कसैले विरोध ग¥र्यो भन्दैमा पछाडि हट्ने र विचलित हुनुपर्ने आवश्यक नभएको बताए । उनले भने, ‘हामी विचलित हुनैँ सक्दैनौ हाम्रो स्पष्ट विचार र अडान छ, कि हामी सुशासन, समृद्धि र सामाजिक न्याय हाम्रो एकसूत्रिय कार्यक्रम हो । यो उद्देश्यमा हामी एकमुष्ट छौँ हामी विचलित नभईकन यो काम अगाडि बढाउछौ । यसमा कसैले विरोध ग¥र्यो भन्दैमा हामी पछाडि हट्ने कुरा हुदैँन् ।’

यस्तै भ्रष्टाचारका मुद्दा सम्बन्धी पत्रकारको एक प्रश्नमा उनले निर्दोष फस्ने र दोषि छुट्ने काम नहोस भन्दै हस्तक्षेप मुक्त भएर प्रक्रिया अगाडि बढाएर दोषिलाई अगाडि ल्याउने निर्देशन दिएको बताए । उनले अनुसन्धान व्यक्ति हेरेर होईन् तथ्य प्रमाणको आधारमा गर्ने उल्लेख गर्दै प्रमाणले जे देखाउँछ त्यसको आधारमा प्रक्रिया अगाडि बढ्ने बताए ।

उनले भने, ‘अनुसन्धानको क्रम चलिरहेको छ, हामीले हाम्रो प्रक्रिया व्यक्ति हेरेर किटान गरेर अगाडि बढाउने गर्दैनौ । अनुसन्धान गर्दा तथ्य प्रमाणको आधारमै अनुसन्धान गर्छ । तथ्य र प्रमाणले जे देखाउँछ त्यसको आधारमा प्रक्रिया अगाडि बढ्छ । यसमा हामीले प्रहरीलाई यसलाई ल्याउँनु, यसलाई नल्याउँनु भनेर भन्न मिल्दैन् ।

हामीले कुनै पनि निर्दोष फस्ने काम र दोषि छुट्ने काम गर्नु हुदँैन् र हस्तक्षेप मुक्त भएर प्रक्रिया अगाडि बढाएर दोषिलाई अगाडि ल्याउने काम गर्नु भनेर भनेका छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *