भारतीय पूर्व प्रधानमंत्री अटल बिहारी वाजपेयीको निधन

Sharing is caring!

साउन ३१, २०७५ । भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको आज निधन भएको छ । भारतीय समय अनुसार उनको निधन साँझ ५ः ०५ मा भएको हो ।

उहाँ लामो समयदेखि मधुमेह लगायत किड्नीको समस्याले ग्रसित हुनुहुन्थ्यो । ९३ वर्षीय वाजपेयी गत जुनमा नै नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा भर्ना भएका थिए । उनको निधन दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा भएको हो ।

सन् १९२४ डिसेम्बर २५ तारिखमा जन्मिएका उनको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएपछि श्रद्धाञ्जली दिन अस्पताल परिसरमा विशिष्ठ ब्यक्तिहरुको भिड लागेको छ । वाजपेयी भारतको तीन पटकसम्म प्रधानमन्त्री बन्नुका साथै भारत रत्नबाट समेत सम्मानित हुनुहुन्थ्यो । उनी भारतका लोकप्रिय कवि पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *