इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

Sharing is caring!

असोज १२, २०७५ । मध्यइन्डोनेसियामा आज (शुक्रबार) ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको भूविज्ञान विभागका अधिकारीहरूले जानकारी दिएका छन् ।

यस भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपमा १८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (यूएसजीएस) ले जानकारी दिएको छ ।

यस भूकम्पपछि तत्काल मानवीय र सम्पत्तिको क्षति भने नभएको यहाँको भूभौतिक विभागले जानकारी दिएको छ । सुनामीको डर नभएको सो विभागले थप जानकारी दिएको छ । विश्वको तुलनामा इन्डोनेसिया बारम्बार भूकम्प जाने देशको सूचीमा पर्दछ ।

सन् २०१४ मा पश्चिमी इन्डोनेसियामा गएको ९.३ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *