बुद्ध एयरले भारतको बाराणसीमा उडान बढाउँदै

Sharing is caring!

जेठ १३, २०७५ । निजी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको ऐतिहासिक तथा धार्मिक नगरी बाराणसीमा साताको दुई उडान गर्ने भएको छ ।

आउँदो असार १५ गतदेखि साताको दुई उडान गर्ने कम्पनीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले दुई पौराणिक नगरी काठमाडौँ र बाराणसीलाई हवाई उडानबाट जोडेको बताउनुभयो । बुद्धले वाराणसीमा यसअघि मासिक दुई उडान भर्ने गरेको थियो ।

बुद्ध एयरले उडानसँगै नेपाली तथा भारतीय यात्रु र तीर्थालुलाई भारी छुटमा पर्यटकीय तथा धार्मिक यात्रा प्याकेज पनि उपलब्ध गराउने जनाएको छ ।

नेपालगञ्ज तथा भारतको नयाँदिल्ली उडानका लागि पनि आवश्यक प्रक्रियामा लागेको छ । नेपालका पर्यटकीय तथा तीर्थस्थलबारे सहजरुपमा जानकारी गराउने उद्देश्यले वेबपोर्टल बनाउन लागिएको कम्पनीले जनाएको छ । वेबपोर्टलमा नेपालका रमणीयस्थलसम्बन्धी मल्टिमिडिया तथा फोटो फिचर हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *