बिम्स्टेक सैनिक अभ्यासबाट पर्यवेक्षक पनि फिर्ता

Sharing is caring!

भदौ २६, २०७५ । नेपाली सेनाले बिम्स्टेक फोरममा आवद्ध मुलुकको संयुक्त सैन्य अभ्यासमा सहभागी नहुँने भएपछि केहीदिन अघि भारत पुगेका ३ अधिकृतलाई पनि फिर्ता बोलाएको छ । सैनिक अभ्यासमा पर्यवेक्षकका रुपमा खटाइएका ३ अधिकृतलाई प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा फिर्ता बोलाइएको हो । “मिलिटरी एक्सरसाइजमा भाग नलिने भएपछि पर्यवेक्षकका रुपमा खटाइएका ३ अधिकृतलाई समेत फिर्ता बोलाइएको हो,” सैनिक स्रोतले भन्यो, “छिट्टै उहाँहरु नेपाल फिर्ता हुनु हुने छ ।” नेपाल बाहेक थाइल्याण्डले पनि सैन्य अभ्यासमा भाग लिएन । सैन्य अभ्यास केही बेरपछि महाराष्ट्र स्थित पूर्णेमा भारतथीय सेनाको उत्तरी कमान्ड मूख्यालयमा अभ्यास उद्द्घाटन हुँदै छ । अभ्यासमा नेपाल र थाइल्याण्ड बाहेक बिम्स्टेकमा आवद्ध भारत, बंगलादेश, श्रीलंका, म्यानमार र भुटानका सैनिक सहभागी छन् ।
नेपालको परराष्ट्र तथा राष्ट्रिय सुरक्षा नीति विपरित बिम्स्टेक स्तरीय सैनिक अभ्यासमा सेना खटाउन लागिएको भन्दै सरकारको चर्को विरोध भएको थियो । विरोधकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार नेपाली सेनालाई अभ्यासमा नजान निर्देशन दिएका थिए । त्यसपछि पूणेमा ३० अधिकृत तथा जवान पठाउने तयारीमा रहेको सेना पनि अभ्यासमा भाग लिनबाट फिर्ता भएको थियो । तर केही सैनिक अधिकृतलाई अब्जर्भरका रुपमा पठाउने उसको तयारी पनि अन्तिममा रद्ध भएको हो । अव शिष्टाचार उपस्थितिका रुपमा भारत स्थित नेपाली राजदूताबासकै सैनिक सहचरी अभ्यासमा सहभागी हुनसक्ने रक्षा मन्त्रालयले जनाएको छ ।यो खबर आजको कारोबारबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *