बिमस्टेक राष्ट्रको संयुक्त अभ्यासमा नेपाली सेना पर्यवेक्षक

Sharing is caring!

भदौ २५, २०७५ । भारतको पुनामा सोमबारदेखि सुरु बिमस्टेक राष्ट्रको प्रतिआतंकवादसम्बन्धी संयुक्त सैन्य अभ्यासमा नेपाल पर्यवेक्षकका रूपमा सहभागी हुने भएको छ । ‘माइलेक्स २०१८’ नाम दिइएको उक्त सैन्य अभ्यासमा नेपाली सेनाका तीन जना अधिकृतले पर्यवेक्षकका रूपमा भाग लिनेछन् ।

यसअघि काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनको उद्घाटन कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पुनामा बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यास हुने निर्णय भएको सार्वजनिक गरेका थिए । तर, मोदीको उक्त भनाइ बिमस्टेकको भावनाविपरीत भएको र यसअघि त्यस विषयमा कुनै छलफल र चर्चा नभएको भन्दै आलोचित बन्न पुगेको थियो ।

भदौ २५ देखि ३१ सम्म हुने उक्त संयुक्त सैन्य अभ्यासमा ३० सदस्यीय टोली पठाउने तयारी नेपाली सेनाले गरेको थियो । सेनाप्रमुख पूर्णचन्द्र थापा सैन्य अभ्यासको अवलोकन गर्न जाने कार्यक्रमसमेत तय भइसकेको थियो । प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तारूढ नेकपाभित्रैबाट चर्को विरोध भएपछि प्रधानमन्त्री केपी ओलीले अन्तिम समयमा आएर त्यसमा सहभागी नहुन नेपाली सेनालाई निर्देशन दिएका थिए ।

सरकारको पछिल्लो निर्णयपछि सेनापति थापा उक्त कार्यक्रममा नजाने भएका छन् । बिमस्टेक सम्मेलनमा सहभागी हुने प्रतिबद्धता जनाएको थाइल्यान्डले समेत अन्तिम समयमा आएर पर्यवेक्षकमात्र पठाउने निर्णय गरेको आइतबार प्रकाशित भारतीय अंग्रेजी दैनिक द टाइम्स अफ इन्डियाले जनाएको छ ।यो खबर आजको कान्तिपुरबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *