फास्टट्रयाकमा काटिएका काठ कुहिँदै

Sharing is caring!

असोज २१, २०७५ । समयमै बिक्र्रीवितरण हुन नसक्दा राजधानी तराई मधेस द्रुतमार्ग निर्माण क्रममा  नेपाली सेनाले बाराको निजगढ क्षेत्रमा काटेको करोडौै रुपैया मुल्य बराबरको काठ कुहिन थालेका छन ।

तराईलाई राजधानीसंग जोडने छोटो सडकको रुपमका रहेको द्रुतमार्गको निजगढ क्षेत्रमा सामुदायिक र राष्ट्रिय वनबाट सेनाले कटान गरेर घाटगद्दि गरेर राखेको काठ दाउरा बिक्री वितरण हुन नसक्दा कुहिदै गएको हो । बर्षाको भल पानीमा डुबेर काठ कुहिने अवस्थामा पुगेको बकैया नागमणी समुहका अध्यक्ष रवी दङ्गालले बताउनुभयो । ‘अधिकांश काठ कुहिन थालेको छ, बकैया नागमणी अध्यक्ष दङ्गालले भन्नुभयोे, वन कार्यालयबाट समयमै अनुमति प्राप्त गर्न नसक्दा कुहिएर खेर गयो ।’

उहाले प्रकृया पुरा गर्ने नाममा वन कार्यालयबाट समुह बाहिर बिक्रीसंगै आन्तरिक खपतको लागि पनि सहमति पाउन नसकेको र साल बाहेक अन्य जातका काठ दाउरा कुहिएर काम नलाग्ने अवस्थामा पुगेको जानकारी गराउनुभयो । सहमति लिने प्रकृया पुन शुरु गरिएको र अनुमति पत्र पाउने बित्तिकै बिक्री÷वितरण कार्य अघि बढाइने अध्यक्ष दङ्गालले बताउनुभयो । फास्टट्याक निर्माण क्रममा काटिएका मध्ये निजगढ नगरपालिका ८ स्थित बकैया नागमणी समुहको घाटगद्दि स्थानमा मात्रै ३ हजार साल सहित १२ हजार क्विफिट काठ अलपत्र अवस्थामा छ । अध्यक्ष दङ्गालले प्रकृया पुरा गर्ने नाममा वन कर्मचारीबाट अनुमति दिन अनावश्यक रुपमा ढिलासुस्ति गरिएको आरोप पनि लगाउनुभयो ।

फास्टट्याक निर्माण क्रममा सेनाले बाराको निजगढ नगरपालिकाको नागमणी सहित निजगढ १० को जनहित, निजगढ ४ स्थित कछडिया र बाघभैरव सामुदायिक तथा राष्ट्रिय वनमा काटेको करिव २० हजार क्विफिट काठ अहिलेसम्म पनि बिक्री वितरण हुन सकेको छैन ।

नागमणी वन समुहले प्रकृया विपरित माग गरेको हुदा कार्यालयबाट बिक्री÷वितरणका लागि समयमै अनुमति दिन नसकिएको र अहिले आएर काठ दाउराको हैसियत पनि बिग्रदै गएको सेक्टर वन कार्यालय तामागढीका प्रमुख मन्जुर आलमले बताउनुभयो । ‘शुरुमा प्रकृया विपरित अनुमति माग आएको थियो, मन्जुरले भन्नुभयो, फाइल फिर्ता भएपछि पुन प्रकृया शुरु गर्नुपर्दा ढिलाई भयो ।’ उहाले सामुदायिक वनबाट उत्पादित काठको २५ प्रतिशत र दाउराको हकमा ४० प्रतिशत जिल्ला वन कार्यालय अन्तरगतको वन पैदावार आपुर्ति समितिको नाममा छुट्याउनु पर्ने भएपनि अधिकांश समुहले नियम विपरित सबै आन्तरिक खपत र बिक्र्र्र्र्रीको लागि माग गरेर अनुमति मागेकाले समस्या देखिएको जानकारी दिनुभयो ।

प्रमुख मन्जुरका अनुसार कछडिया सामुदायिक वनले हालसम्म पनि बिक्री-वितरणको लागि कार्यालयलाई उपलब्ध गराउनुपर्ने काठ दाउराको लगत पेश नगरेको र अन्यले बिक्री वितरणअघि क्षेत्रीय वन निर्देशनालयबाट पुरा गर्नु पर्ने चेकजाच समेत गर्न नसकेको पनि जानकारी दिनुभयो । वन कार्यालय माताहातमा रहेको काठ दाउरा भने बिक्र्र्रीको लागि टेण्डर भइसकेको उहाले जानकारी दिनुभयो ।

फास्टट्याक निर्माणको जिम्मा पाएको नेपाली सेनाले १० महिनाअघि कटान गरेको काठ गत बर्षको पुषको अन्तिम साता सम्बन्धित समुह र वन कार्यालयको जिम्मा लगाएको थियो । घाटगद्दि स्थान समेत उपयुक्त स्थानमा भएकाले कुहिने क्रम बढेको हो । समुहले बर्षाको पानी जम्ने खाडल र वनको झाडी क्षेत्रमा काठ दाउरा घाटगद्दि गरेका छन ।यो खबर आजको नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *