फड्को मार्दै नेपाली क्रिकेट : एफिलिएट राष्ट्रदेखि एकदिवसीयसम्म

Sharing is caring!

जेठ १२, २०७५ । नेपालमा क्रिकेट ९८ वर्षअघि सन् १९२० मा भित्रिएको हो । १९८८ मा आइसिसीद्वारा एफिलिएट राष्ट्रको मान्यता प्राप्त ग-यो । त्यसको आठ वर्षपछि एसोसिएट राष्ट्रको मान्यता प्राप्त ग-यो भने त्यही वर्ष पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता एसिसी ट्रफीमा भाग लियो । सन् २००० मा एसिसी ट्रफीको सेमिफाइनलमा प्रवेश ग-यो । एक वर्षपछि एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा सहभागी भयो । सन् २००३ मा काठमाडौंमै भएको इमर्जिङ टिम प्रतियोगिताको उपाधि हात पा-यो ।

त्यसको एक वर्षपछि पहिलो श्रेणीको क्रिकेट प्रतियोगितामा सहभागी भयो भने सन् २००७ मा एसिसी फास्ट ट्र्याक कन्ट्रिज च्याम्पियनसीप उपाधि जित्यो । सन् २०१२ मा आइसिसी डिभिजन–४ को विजेता हुँदै डिभिजन ३ मा उक्लियो । त्यही वर्ष एसिसी इलाइट ट्रफी हात पा-यो । सन् ०१३ मा डिभिजन–२ मा उक्लिँदै सोही वर्ष पहिलोपटक आइसिसी टी–२० विश्वकप छनोट खेलमा सहभागी भयो ।

यही वर्ष नामिबियामा भएको आइसिसी डिभिजन–२ प्रतियोगितामा उपविजेता हुँदै डिभिजन–१ मा उक्लिनुका साथै जिब्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटमा आठौँ स्थान प्राप्त गरेपछि एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गरेको छ ।

सन् २००६ मा नेपालले आइसिसी यू–१९ विश्वकपअन्तर्गतको प्लेट च्याम्पियनसीप उपाधि जितेर सनसनी पैmलायो । त्यसअघि दुईपटक नेपाल प्लेट च्याम्पियनसीपको फाइनलमा पुगेको थियो । यू–१९ टिमले सन् २००० देखि ०१२ सम्म ६ पटक विश्वकप प्रतियोगितामा सहभागिता जनाइसकेको छ । एसिसी इलाइट कप यू–१९ प्रतियोगितामा नेपाल चारपटक च्याम्पियन बन्यो । सन् ०१२ मा मलेसियामा भएको एसिसी यू–१६ मा नेपाल उपविजेता बन्यो । यू–१९ टिमले ०१७ मा एसिया कपको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । जसमा समूह चरणमै नेपालले साबिक विजेता भारतलाई पराजित गरेको थियो ।

तीन वर्षअघि राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीपलाई चितवनको क्याम्पाचौरबाट काठमाडौं बोलाएका थिए । त्यतिवेला नेपाल एकदिवसीय विश्वकपको छनोट खेलका लागि तयारी गर्दै थियो । दासानायकेले एकैपटक सन्दीपलाई राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी गराए । तीन वर्षकै अवधिमा सन्दीप उदीयमान खेलाडी बनेका छन् । उनी यो स्थानमा पुग्नुमा अस्ट्रेलियन विश्व च्याम्पियन कप्तान माइकल क्लार्कको महत्वपूर्ण हात छ । सन् २०१६ मा हङकङमा भएको टी–२० ब्लिज क्रिकेटमा सन्दीपको प्रदर्शन देखेपछि क्लार्कले उनलाई प्रशिक्षणका लागि दुई महिना आफ्नै एकेडेमीमा बोलाए । हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल)मा सहभागी गराउन पनि क्लार्कले दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिक्की पोन्टिङलाई सुझाब दिएका थिए । आइपिएलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । जसका कारण विश्व क्रिकेटका हस्तीहरूको ध्यान सन्दीपसँगै नेपाली क्रिकेटमाथि परेको छ ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *