प्रहरी पुगेपछि मण्डपबाटै भागे बेहुला-बेहुली

Sharing is caring!

वैशाख ३०, २०७५ । पर्सामा फेरि एउटा बालविवाह रोकिएको छ । पर्साको विन्दवासीनी गाँउपालिका स्थित विन्दवासिनी मन्दिरमा शनिवार १३ वर्षीय बालक र १५ वर्षीया बालिकाबीच हुँदै गरेको बिहे प्रहरी पुगेपछि रोकिएको हो ।

बालविवाह हुन लागेको सूचना पाएर प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिनेशप्रसाद साह नेतृत्वको टोली मन्दिर परिसरमा पुगेलगत्तै विवाह मण्डपबाट केटा–केटी दुवै पक्ष फरार भएका हुन् ।

‘वालविवाह भइरहेको खबर पाएलगत्तै मन्दिर परिसरमा प्रहरी पुग्दा बेहुला र बेहुलीलाइ लिएर उनीहरुका अभिभावक भागी सकेका थिए’, प्रहरी सहायक निरीक्षक साहले भने, ‘हामी त्यहा पुग्दा मण्डप खाली थियो ।’

मन्दिर परिसरमा बनाइएको विहे मण्डपमा प्रहरी पुग्नुअगावै केटा–केटी पक्ष भागिसकेका कारण उनीहरुको नाम ठेगाना पनि खुल्न नसकेको साहले बताए ।

स्थानीयले मन्दिरमा बालविवाह हुन लागेको खबर जिल्ला प्रहरी कार्यालय पर्सामा गरेका थिए । खबरपछि  जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय पोखरीयालाई तत्काल पुगेर बिहे रोक्न निर्देशन दिएको थियो ।

इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक सुवास बुढाथोकीले भने, ‘जिल्लाबाट निर्देशन आएलगत्तै म आफैँ बिहेमण्डपमा पुगेँ, तर त्यहाँबाट केटा–केटीपक्ष बेहुला र बेहुलीलाई लिएर फरार भइसकेका रहेछन् ।’

केटा बाराको जितपुरका र केटी पर्साको गर्दौलको रहेको जानकारी आएको भन्दै प्रहरी निरिक्षक बुढाथोकीले भने, ‘एकिन पहिचान अझै पनि खुलिसकेको छैन, हामी दुवै पक्षको पहिचानमा लागिरहेका छौँ । यो खबर आजको अन्न्पूर्ण पोस्टमा क्रान्ति शाहले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *