नेपालमा दैनिक अर्बको सट्टेबाजी

Sharing is caring!

असार १६, २०७५ । रसियामा विश्वकप फुटबल चलिरहेको छ । विश्वभरका दर्शक टेलिभिजनमा खेल हेर्दै मन परेको टिम र खेलाडीलाई समर्थन गरेर रमाइलो लिइरहेका छन् । तर, कतिपयले विश्वकपलाई जुवा खेल्ने/खेलाउने मौकाका रूपमा पनि प्रयोग गरिरहेका छन् । नेपालमा पनि विश्वकपका खेलमाथि दैनिक एक अर्बभन्दा बढी रुपैयाँको बाजी लाग्ने गरेको छ । काठमाडौं, ललितपुर, पोखरा, धरान, वीरगन्ज, विराटनगरजस्ता ठूला सहरमा सट्टेबाजी धन्दा चलिरहेको छ । सट्टेबाजीको सबैभन्दा ठूलो खाल काठमाडौंमै चलेको प्रहरीले जनाएको छ । यो जुवामा टोलेगुन्डा, क्यासिनो खेलाडीदेखि फुटबलका फ्यानसमेत संलग्न छन् ।

रसिया विश्वकपका खेलअनुसार दैनिक एक अर्बभन्दा धेरैको बाजी लाग्ने गरेको छ । काठमाडौं, ललितपुर, पोखरा, धरान, वीरगन्ज, विराटनगरजस्ता सहरमा करोडौँको बाजी लाग्ने गरेको हो । काठमाडौंमा त टोलटोलसम्म सट्टेबाजको जालो पुगेको प्रहरी बताउँछन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले गल्लीगल्लीमा अहिले सट्टेबाजले बाजी लगाउने गरेको बताए । उनले भने, ‘हाम्रो जानकारीमा आएअनुसार जारी विश्वकप फुटबल खेलमा दैनिक अर्बौँ रुपैयाँको बाजी लाग्ने गरेको देखिन्छ ।

टोलटोल, गल्लीगल्लीमा अहिले फुटबलकै चर्चा छ । हामीले केही सट्टेबाजलाई निगरानीमा राखेका छौँ । केही सूचना आएका छन् । त्यसमा अनुसन्धान पनि चलिरहेको छ ।’ यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *