प्रधानमन्त्री ओली अस्वस्थ, चियापान कार्यक्रममा सहभागी भएनन्

Sharing is caring!

कात्तिक १०, २०७५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा अस्वस्थका कारण सहभागी हुनु भएनन् ।

नेकपाले विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा शनिवार राजधानीको भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा  चियापान कार्यक्रमको आयोजना गरेको थियो ।

चियापानमा पाहुनाहरुलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधब कुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतमलगायतले स्वागत गरेका थिए ।

सञ्चारकर्मीसंग कुरा गर्दै नेकपा महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओली ३ बजे कार्यक्रमा सहभागि हुन भनिएको थियो । तर, स्वास्थ्यमा समस्या आएकाले उहाँ आउनु भएनन् ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी  एकिकरणपछि नेकपाको यो पहिलो चियापान कार्यक्रम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *