प्रदेश २: रु ३० अर्बको बजेट

Sharing is caring!

असार १, २०७५ । प्रदेश २ को सरकारले आगामी आव २०७५-०७६ का लागि रु २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजारको बजेट प्रस्तुत गरेको छ ।

प्रदेश अर्थमन्त्री विजय यादवले आज प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै कुल विनियोजन बजेटमध्ये चालुतर्फ रु १४ अर्ब ४७ करोड ५६ लाख १३ हजार अर्थात् ४८.६० प्रतिशत र पूँजीगततर्फ रु १५ अर्ब ३१ करोड १३ लाख २१५ हजार अर्थात् ५१.४० प्रतिशत रहेको जानकार िदिनुभयो ।

बजेटमा भौतिक पूर्वाधार निर्माण तथा सामाजिक विकास, बालबालिकाको हित संरक्षण एवं महिला सशक्तीकरण तथा क्षमता विकास, उद्यमशीलताको विकास र रोजगारी सिर्जना, प्रदेशको मौलिकता, ऐतिहासिक तथा सांस्कृतिक धरोहरको संरक्षण र प्रवद्र्धन, सरसफाइ एवं वातावरणीय स्वच्छता अभिवृद्धि तथा सहकारिता जस्ता विषयलाई प्राथिमकतामा राखिएको छ ।

बजेटमा प्रदेश २ का ११६ स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँटका लागि रु ४० करोड विनियोजन गरेको छ । प्रत्येक गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई क्रमशः रु ५० लाख, रु एक करोड, रु दुई करोड र रु तीन करोड सशर्त अनुदान उपलब्ध गराउन रु एक अर्ब ११ करोड ५० लाख बजेट व्यवस्था गरिएको छ ।
प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम

प्रदेशसभाका निर्वाचित सदस्यको संयोजकत्वमा त्यस निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्य रहेको समितिबाट स्थानीय तहका प्रमुखसमेतको समन्वयमा आयोजना छनोट गरी कार्यान्वयन गर्ने गरी प्रत्येक निर्वाचन क्षेत्रका लागि रु ५० लाखका दरलेरु ३२ करोड विनियोजन गरिएको छ ।

गत आर्थिक वर्षदेखि सञ्चालित ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’लाई आगामी आवमा समेत निरन्तरता दिँदैरु २० करोड ९२ लाख विनियोजन गरिएको छ । प्रदेशमा मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत कार्यक्रम सञ्चालन गर्न रु २१ करोड ६१ लाख विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *