प्यान लिँदा बायोमेट्रिक कार्यान्वयनको तयारी

Sharing is caring!

कात्तिक २९, २०७६ । आन्तरिक राजस्व विभागले बायोमेट्रिक कार्यान्वयनको तयारी अघि बढाएको छ।

अर्थ मन्त्रालयले स्थायी लेखा नम्बर (प्यान) लिँदा बायोमेट्रिक दर्ता प्रणाली कार्यान्वयनको तयारी गरेको हो । मन्त्रालयले बायोमेट्रिक दर्ता प्रणालीबाट स्थायी लेखा नम्बर लिन पेश गर्नुपर्ने दरखास्त फारमको ढाँचा स्वीकृत गरेसँगै यो प्रक्रिया अघि बढाएको हो।

काठमाडौं उपत्यकाका केही कार्यालबाट पाइलटिङका रुपमा यो कार्यक्रम अघि बढाउँन लागेको विभागका निर्देशक दुर्गादत्त भण्डारीले जानकारी दिए ।

विभागले बायोमेट्रिक प्रणाली कार्यान्वयनका लागि आवश्यक उपकरण खरिदको प्रक्रिया अघि बढाउन लागेको छ। डिजिटल हस्ताक्षर कम्प्युटरमा प्रविष्ट गराउन चाहिने उपकरण खरिद अघि बढाइएको उनले जानकारी दिए।

सरकारले कर प्रशासनलाई पारदर्शी बनाउन चालु आर्थिक वर्षबाट पहिलोपटक बायोमेट्रिक प्रणाली सुरु गर्ने घोषणा गरेको थियो। चालु आर्थिक वर्षको बजेट र आर्थिक ऐनमार्फत प्यान लिइ कारोबार गर्ने करदाताको बायोमेट्रिक प्रणालीमा आवद्ध गरी लगत राख्ने व्यवस्था गरिएको हो।

स्थायी लेखा नम्बर लिई कारोबार गर्ने व्यक्तिले तोकिएको अवधिभित्र विभागले तोकेबमोजिमको दर्ता सम्बन्धी विवरण बायोमेट्रिक प्रणालीमा अद्यावधिक गर्नुपर्नेछ । आयकर ऐनको संशोधन गर्दै आर्थिक ऐनमा भनिएको छ। प्यान लिएर कारोबार गर्ने करदातामाथि कडाइका लागि यो व्यवस्था अघि सारिएको हो।

विभागले बायोमेट्रिक प्रणालीसँगै पुराना करदाताको सूचना अध्यावधिक लागि पनि नयाँ फारम बनाउने भएको छ। नयाँ फारममा करदाताको सूचना अध्यावधिक गरी उनीहरुको बायोमेट्रिक दर्ता पनि गरिनेछ। यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *