पौने ७ लाख घूससहित पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

Sharing is caring!

साउन २४, २०७६ । पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला घूससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोइरालालाई ६ लाख ७५ हजार घूस रकमसहित बिहीबार दरबारमार्गस्थित शेर्पामलबाट पक्राउ गरेको हो ।

उनले जोरपाटीस्थित स्तुपा कलेजका विद्यार्थीहरुको समस्या समाधान गरिदिने भन्दै घूस लिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार कोइरालालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । यो खबर कान्तिपुरबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *