पूर्वराजदूत केशव झा मृत भेटिए

Sharing is caring!

भदौ ४, २०७५ । फ्रान्सका लागि पूर्वराजदूत केशव झा मृत भेटिएका छन् । उनी सोमबार विहान बबरमहलस्थित आफ्नै घरमा मृत भेटिएका हुन् ।

चक्कुको चोट देखिएको र बाहिरबाट ताला लगाएकाले उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले घटना शंकास्पद रहेको जानकारी दिए । परराष्ट्र सेवामा झा ३४ वर्ष बिताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *