पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Sharing is caring!

साउन २१, २०८० । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशमा वर्षा हुने जनाएको छ ।

महाशाखाले उल्लेख गरेअनुसारे आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । साथै, कर्णाली प्रदेशका केही र मधेश प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रहेकाले बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी गराएको छ ।
आज राती देशभर मौसम सामान्य देखि पूर्ण बदली रहनेछ।

राती कोशी, मधेश, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ । साथै, बाँकी अन्य प्रदेशका थोरै स्थानहरुमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।

नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणाली को प्रभाव परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *