पाँच अंकले घट्यो शेयर बजार

Sharing is caring!

जेठ २१, २०७५ । आज शेयर बजार ५.११ विन्दुले ओरालो लागेको छ । स्टकका अनुसार शेयर कारोवार मापक सूचक नेप्से एक हजार २६८.८४ विन्दुमा पुगेको छ । आज कूल १५८ कम्पनीको १० लाख ९० हजार ६०३ कित्ता शेयर रु ४३ करोड तीन लाख ८० हजार ९५९ मूल्यमा कारोवार भएको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.९५ विन्दुले घटेर २६७.२४ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ६.०८, व्यापार २.८७, होटल २८.६२, विकास बैंक ५.८, जलविद्युत् २७.१६, फाइनान्स ५.७६, बीमा ६५.७५, उत्पादन १८.३२ र माइक्रोफाइनान्स ३१.१३ विन्दुले घटेको छ । यस्तै अन्य समूह भने २४.१५ विन्दुले उकालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *