पशुपतिनाथमा श्रद्धालुको घुँईचो (फोटो फिचर)

Sharing is caring!

साउन २२, २०८० । साउने सोमबार देशभरका शिवालयमा हिन्दू धर्मालम्वीहरुले भीड लागेको छ । सोमबार भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने प्रचलन रहिएको छ ।


शिव दर्शन,पूजा आराधना एवम मनोकामना पूरा गर्न बिहानैबाट पशुपतिनाथमा पनि भक्तजनको भीड लागेको छ । यस महिनामा भगवान शिवको विधिपूर्वक पूजा गर्दा उनको सबैभन्दा प्रिय वस्तु बेलपत्र अर्पण गर्ने प्रचलन छ । भगवान शिवलाई खुसी पार्न शुद्ध जलमात्र चढाए पनि हुन्छ भन्ने धार्मिक मान्यता छ । तर, शिवलाई प्रिय लाग्ने बेलपत्र,दुध,धतुरो लगायतका चिज चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता रहिआएको छ ।


पशुपतिमा दर्शनार्थीको बिहानैबाट घुँइचो बढेसँगै पशुपति विकास कोषले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने व्यवस्था मिलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *