पर्सिबाट संसद बैठक खुल्ने गृहमन्त्रीको विश्वास

Sharing is caring!

भदौ ३, २०८० । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पर्सिदेखि संसद बैठक खुल्ने विश्वास व्यक्त गरेका छन् । संसद अवरोधबारे सिंहदरबारमा राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँगको छलफल पश्चात उनले भोलीसम्ममा सकारात्मक निष्कर्षमा पुग्ने र पर्सिदेखि संसद खुल्ने बताए ।

उनले भने, आजको बैठक संसदको अवरोध अन्त्य गर्ने सन्दर्भमा केन्द्रीय थियो । आज निष्कर्ष नआए पनि छलफल सकारात्मक भएको छ । आज स्वास्थ्य प्रतिकूलताका कारण प्रमुख प्रतिपक्ष दलको अध्यक्ष आउँन सक्नु भएन, आजको छलफलका बारेमा अरुले पनि सल्लाह गर्ने भयो हामीलाई विश्वास छ भोलिसम्ममा यो निष्कर्ष सकारात्मक निस्किएर पर्सिदेखि सदन खुल्ला की भन्ने आशा गरेको छु ।

यस्तै उनले सुन प्रकरणको विषयको टुङ्गो सिआईवीले नै लगाउँने भन्दै यसमा कुनै दुईमत नभएको पनि बताए ।
उनले भने, सुन प्रकरणको सन्दर्भमा सिआइवीले अनुसन्धान गरिरहेको छ, सिआइवीले नै यसलाई टुङ्गोमा पु¥याउँछ । अब समग्रतामा यस्तो कार्य फेरि नहोस भन्नको लागि विमानस्थलमा वा अरु भन्सार कार्यालयहरुलाई छलफल गरेर निष्कर्षमा पु¥याउँने कुरा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *