जीबी राईसहित तीन जनाविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी

Sharing is caring!

माघ १४, २०८० । प्रहरीले पोखरा–४ नालाकोमुखस्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसहित तीन जनाविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी गरेको छ । । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत मुख्य प्रतिवादी राईसहित भूपेन्द्र राई र थानबहादुर बूढामगरविरुद्ध समेत ‘डिफ्युजन’ नोटिस जारी गरेको जिल्ला प्रहरी कार्यालय कास्की आइतबार जनाएको छ ।

सूर्यदर्शन सहकारीमार्फत ठगी गरेको आरोपमा १९ जनाविरुद्धको मुद्दा जिल्ला अदालत पोखरामा दर्ता गरिएको छ ।
सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहितका व्यक्ति पनि पक्राउ परिसकेका छन् । जीबी राई ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक समेत हुन् ।

कास्कीमा मात्रै १९ हजार जनाभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोप उनीहरुमाथि छ । रकम हिनामिना प्रकरणमा उनीहरुमाथि सहकारी ऐन र मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *