नेप्सेमा ८.०९ अंकको वृद्धि

Sharing is caring!

कात्तिक ७, २०७५ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ८.०९ अंकले बढेर १२४९.९३ अंकमा पुगेर कारोबार बन्द भएको छ ।

बुधवार कारोबार रकम रू. २३ करोड २८ लाख बराबरको भएको छ भने कुल १५२ कम्पनीको ८ लाख ९१ हजार ६०९ कित्ता शेयर खरिदबिक्री भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने ०.७३ अंकले बढेर २६६.१९ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन कारोबार रकम सबैभन्दा बढी प्रभु बैंकको भएको छ । जसको आज ३ करोड ३७ लाख १९ हजार ३१० रुपैयाँको शेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *