नेप्सेद्वारा अनलाईनको डेमो सार्वजनिक

Sharing is caring!

असार २१, २०७५ । साउन १ गतेदेखि पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली ल्याउने तयारी गरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार डेमो सार्वजनिक गरेको छ । नेप्सेले असार १७ गतेदेखि नै अनलाईन प्रणालीको सफल कार्यान्वयनका लागि तालिका सहित विविध कार्यक्रम गर्दै आएको छ । सोही तालिकामा उल्लेख भए अनुसार बुधवार लगानीकर्ता सङ्घका प्रतिनिधिहरु समक्ष अनलाईनको डेमो सार्वजनिक गरेको हो । डेमो सार्वजनिक गर्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले साउन १ गतेदेखि सामान्य किसिमले प्रणाली लागू गरिने जानकारी दिए । अनलाईन प्रणालीको यूजर एसेप्टेन्स टेष्ट (यूएटी) पश्चात मात्र पूर्ण अनलाईन प्रणाली सञ्चालनमा आउने साउदले स्पष्ट पारे ।

लामो समयदेखि अनलाईनको प्रतिक्षामा बसेका लगानीकर्ताहरु डेमो सार्वजनिक कार्यक्रममा उत्साहका साथ उपस्थित भएका थिए । हाल लगानीकर्ताको हितका लागि सङ्गठित तीन सङ्गठन, नेपाल इन्भेष्टर्स फोरमा अध्यक्ष अम्बिका प्रसाद पौडेल, नेपाल पूँजीबजार लगानीकर्ता सङ्घका अध्यक्ष नबराज सुवेदी, लगानीकर्ता सङ्घ नेपालका अध्यक्ष उत्तम अर्याललगायत तीनै सङ्गठनका अधिकांश प्रतिनिधिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । डेमो सार्वजनिक भएपछि तीन ओटै सङ्गठनका प्रतिनिधिहरुले साउन देखि सञ्चालनमा ल्याउन लागेको अनलाईन प्रणालीले पूँजीबजार सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । नेप्सेले यस अघि मङ्गलवार ब्रोकर कम्पनीहरु समक्ष अनलाईनको डेमो सार्वजनिक गरी यसको प्रयोगबारे प्रस्तुतीकरण गरेको थियो ।यो खबर आजको आर्थिक अभियानबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *