नेपाल–भारत संयुक्त आयोगको बैठक छिट्टै

Sharing is caring!

पुस २७, २०७५ । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक छिट्टै नेपालमा आयोजना गर्न दुवै मुलुक सकारात्मक भएका छन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उहाँका भारतीय समकक्षी सुष्मा स्वराजबीचको भेटवार्तामा यस्तो छलफल भएको हो।

बिहीबार दिल्लीमा भएको भेटवार्तामा द्विपक्षीय सहयोगमा सञ्चालित परियोजनाको प्रगतिको समीक्षा गर्दै बैठकको मिति छिट्टै तय गर्र्नेबारेमा उहाँहरूबीच छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। ‘बैठकमा दुई नेताबीच चालू द्विपक्षीय सहयोगका परियोजनाको प्रगतिको समीक्षा भएको छ, विभिन्न क्षेत्रमा भएको प्रगतिप्रति उहाँहरूले सन्तुष्टि व्यक्त गर्नुभएको छ।’ –दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मन्त्री ज्ञवाली भारतीय विदेश मन्त्रालयको सहकार्यमा स्वतन्त्र थिंक ट्यांक ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ले आयोजना गरेको ‘रायसिना डाइलगको चौथो संस्करण’मा भाग लिन बिहीबार बिहान दिल्ली पुग्नुभएको थियो। रायसिना डाइलगलाई सम्बोधन गर्दै उहाँले नेपाल–भारत सम्बन्ध व्यापक भएको बताउनुभयो।

‘भारत हाम्रो सबभन्दा ठूलो व्यापारिक साझेदार हो’, मन्त्री ज्ञवालीले भन्नुभयो– ‘हामीहरू भूगोल, इतिहास, धर्म र संस्कृतिमार्फत जोडिएका छौं।’
कुनै पनि देशलाई समृद्धिको बोटोमा पछि पार्न नहुने आवाज नेपालले उठाउँदै आएको उल्लेख गर्दै उहाँले नेपालको परराष्ट्र नीतिले सबैसँग मैत्री भाव लिएकाले कसैसँग दुस्मनी नगर्ने बताउनुभयो। साझा प्रगति, समृद्धि, भौतिक सम्पर्क र जनताबीचको सम्बन्धका आधारमा नेपाल भारतको सम्बन्ध अघि बढ्ने ज्ञवालीको भनाइ थियो।यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *