नेकपा स्थायी समिति: मन माझियो कि झन् भाँचियो

Sharing is caring!

पुस ११, २०७५ । पार्टी एकताको आठ महिनापछि पहिलोपटक सत्तारूढ नेकपामा गरमागरम राजनीतिक र सांगठनिक बहस भइरहेको छ । बैठक नबोलाइएको भनेर स्थायी समिति सदस्यबाट तीव्र आलोचना खेपेका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले यसपटक मन फुकाएर नेताहरूलाई बोल्न दिएका छन् ।

आठ दिनसम्म चलेर आइतबारदेखि ब्रेक लागेको बैठक बुधबार बस्दै छ । अब अध्यक्ष ओली र दाहालले जवाफ दिनेछन् । ‘सबै नेतालाई व्यवस्थित ढंगले बोल्ने समय दिइएको छ, सबैले लामो समयपछि छलफल गर्नुभएको छ, यसले पार्टीभित्र सौहार्द वातावरण बनेको छ,’ महासचिव विष्णु पौडेलले भने ।

पौडेलले सौहार्द भने पनि नेताहरूको समूहबन्दी, त्यसको आधारमा एउटा पक्षको रक्षा र अर्कोको आलोचना गर्ने दृश्य बैठकमा देखिएको छ । एकतापछि पहिलोपटक भएको यो स्तरको छलफलले सत्तारूढ पार्टी र त्यसको नेतृत्वसामु केही प्रश्न तेस्र्याएको छ । जसको जवाफ नेतृत्वले दिनुपर्नेछ ।

पार्टीभित्र चर्को गुटबन्दी बढेको र त्यसको नेतृत्वकर्ता ओली भएको आरोप माधव नेपाल पक्षका नेताले लगाएका छन् । गुटबन्दीको नजरले मात्र हेर्ने नेतृत्वको कार्यशैली रहेको आरोप घनश्याम भुसाल, योगेश भट्टराईलगायतले लगाएका छन् । उनीहरूलाई नेता नेपालको पनि साथ छ । नेपालले बोल्ने क्रममा प्रदेश कमिटीको गठनलगायतमा यसअघि आफूले राखेको असन्तुष्टिको प्रसंग उठाएका छन् । जुन कुरा ओलीनिकट नेताहरू मान्न तयार छैनन् । महासचिव विष्णु पौडेल, शंकर पोखरेललगायतले नेतृत्वले सही काम गरिरहेको र अहिलेसम्म गरेका निर्णय ठीक भएको धारणा राखेका छन् ।यो खबर कान्तिपुरबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *