नीति तथा कार्यक्रम ‘घाेषणापत्रकाे पुलिन्दा’ : कांग्रेस

Sharing is caring!

जेठ ९, २०७५ । सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेसले टिप्पणी गरेको छ । नीति तथा कार्यक्रम घोषणापत्रकाे पुलिन्दा भएको आरोप लगाएको कांग्रेसले आगामी एक वर्ष भित्र के–के गर्ने भन्ने प्रष्ट धारणा ल्याउन नसकेको बताएको छ ।

आज कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसको बैठकले संविधान निर्माण र त्यस पश्चात् भएको तीनै तहका निर्वाचनपछि जनताको तिव्र चाहना विकास र समृद्धिको भएको बताएको छ । जनचाहनालाई नीति तथा कार्यक्रमले प्राथमिकता दिन नसकेको कांग्रेसको आरोप छ । कांग्रेसले अर्थतन्त्रसँग जानकार राख्ने विज्ञहरू पनि परामर्श लिएको थियो ।

‘नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रालाई संस्थागत गर्ने, नेपाली जनताको घर-आगनमा सरकारको सेवा र सुविधा पु¥याउने, सबैको प्रतिबद्धता एवं नेपाली जनताको चाहनालाई वेवास्ता गर्दै स्थानीय सरकार तथा प्रदेश सरकारलाई सशक्त बनाउने योजना दृढतापूर्वक ल्याएको छैन ।’ कांग्रेसले बैठक पश्चात् जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘यो नीति र कार्यक्रम पार्टीको घोषणा पत्र जस्तो घोषणाको पुलीन्दा मात्र रहेको छ । आगामी एक बर्ष भित्र सरकारले के–के गर्ने प्रष्ट धारणा ल्याउन सकेको छैन ।’यो खबर आजको नयाँ पत्रिकबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *