कोरोना महामारीविरुद्ध सार्कराष्ट्र एकजुट : कसले के भने ?

Sharing is caring!

चैत्र ३, २०७६ । लामो समयदेखि निस्क्रिय रहेका सार्क राष्ट्रहरु कोरोना भाइरसको महामारी फैलिँदा एकजुट भए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आइतबार भिडिओ सम्मेलन सम्भव भएको हो ।

सम्मेलनमा मोदीसहित नेपाली प्रधानमन्त्री केपी ओली, भुटानी प्रधानमन्त्री लोते छिरिङ, बंगलादेशी प्रधानमन्त्री शेख हसिना, पाकिस्तानी स्वास्थ्यमन्त्री डा. जफर मिर्जा, श्रीलंकन राष्ट्रपति गोतबाया राजपाक्ष र अफगानिस्तानका राष्ट्रपति असरफ घानी सहभागी थिए । सम्मेलनको क्रममा सबै राष्ट्रप्रमुख तथा प्रतिनिधिहरुले कोरोना भाइरसविरुद्ध लड्न प्रतिवद्धता जनाएका थिए ।

लोते छिरिङ, भुटानी प्रधानमन्त्री :

भुटानमा हामीले पहिलो कोरोना भाइरसका बिरामी पत्ता लगायौँ । साथै बिरामीसँग सम्पर्कमा आएकाहरुबारे पनि पत्ता लगाएका छौँ । कोरोना भाइरसले गर्दा साना देशहरुको आर्थिक अवस्थामा असर पुग्नेछ । यसैले आर्थिक प्रभावको क्षेत्रमा पनि हामी मिलेर काम गर्नुपर्नेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेतृत्वको लागि म बधाइ दिन चाहन्छु ।

केपी ओली, नेपाली प्रधानमन्त्री :

हामीले अस्पतालको क्षमता बढाइरहेका छौँ । स्वास्थ्यकर्मीहरुलाई आत्मबल बढाउन रक्षात्मक उपकरण उपलब्ध गराउनुका साथै सुविधा बढाएका छौँ । कोरोना भाइरसविरुद्ध तयारी बढाउन पनि हामीले विभिन्न उपाय अपनाएका छौँ । मलाई आशा छ, यो सम्मेलनले कोरोना भाइरसविरुद्ध लड्न हामी सबैलाई नयाँ बाटो देखाउनेछ ।

शेख हसिना, बंगलादेशी प्रधानमन्त्री :

यो पहलका लागि नरेन्द्र मोदीलाई म धन्यवाद दिन चाहन्छु । चीनको वुहानबाट भारतीय विद्यार्थीसँगै हाम्रा २३ विद्यार्थीलाई पनि सँगै ल्याएर उपचार गराएकोमा धन्यवाद दिन चाहन्छु । हाम्रा स्वास्थ्यमन्त्री, स्वास्थ्य अधिकारीहरुले पनि यस्तै छलफल र सम्मेलन गर्न सक्नेछन् ।

गोतब्याय राजपाक्ष, श्रीलंकन राष्ट्रपति :

श्रीलंकामा सबै स्कुल र कलेज बन्द भएका छन् । यद्यपि धार्मिक उद्देश्य साथ हुने जमघट पनि प्रतिबन्धित गरिएको छ । हाम्रा अनुभव, धारणा र अभ्यास व्यक्त गर्ने अवसर जुराएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिनैपर्छ ।

श्रीलंकामा कुनै पनि संक्रमित भेटिएको छैन । हामीले धेरै उपाय अपनाएका छौँ, तर इटली र चीनबाट फर्कने श्रीलंकनहरुलाई रोक्न सक्दैनौँ ।

इब्राहिम मोहम्मद सोलीह, माल्दिभ्स राष्ट्रपति :

भारतबाट सहयोग पाएकोमा माल्दिभ्स धन्य महसुश गरेको छ । साथै मेरो सरकारको तर्फबाट मोदी र भारतीय जनताको कदर गर्दछु । कोरोना भाइरसविरुद्ध लड्न तयार पारिने रणनीतिबारे म प्रधानमन्त्री मोदीसँग पूर्ण सहमत छु ।

यो भाइरस विरुद्ध सँगै मिलेर सावधानी अपनाउनु हाम्रो मुख्य प्राथमिकता हो । जनवरीदेखि नै माल्दिभ्सले कोरोना भाइरसबाट जोगिन तयारी गरेको थियो ।

असरफ घानी, अफगानिस्तानी राष्ट्रपति :

कोरोना भाइरस विरुद्ध लड्न टेली– मेडिसिन बनाउने साझा ढाँचा तयार गर्न प्रस्ताव गर्दछु । भारत सांघाइ कोअपरेशनको महत्वपूर्ण सदस्य छ, जसको सदस्य चीन समेत हो । ती मुलुकसँग हाम्रो सहकार्य बढाउनुपर्ने र उनीहरुको अनुभवबाट सिक्नुपर्ने मेरो प्रस्ताव छ ।

डा. जफर मिर्जा, पाकिस्तानी स्वास्थ्यमन्त्री :

संसारभर संक्रमणको डेढलाख भन्दा धेरै केस सार्वजनिक भएका छन् । सबै सदस्यराष्ट्रमा संक्रमण फैलिसकेको छ । हामी यसबाट जोगिनका लागि तयार रहनु आवस्यक छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान सम्मेलनमा सामेल थिएनन् । उनका विशेष सल्लाहकार समेत रहेका मिर्जा स्वास्थ्य मामिलाका जानकार पनि हुन् ।

नरेन्द्र मोदी, भारतीय प्रधानमन्त्री :

हाम्रो जनता जनताबीच सम्बन्ध पुरानै हो । र हाम्रो समाज गहिरो रुपमा अन्तरसम्बन्धित छन् । यसैले हामी सबै मिलेर तयारी गर्नुपर्छ । सँगै लड्नुपर्छ र सँगै सफल हुनुपर्छ । कोरोना भाइरस प्रभावित देशबाट छिमेकी देशका नागरिकको उद्धार गर्न भारतले सहयोग गर्यो ।

यो विशेष काममा जोडिने सबैलाई म धन्यवाद दिन चाहन्छु । म विशेष धन्यवाद दिन्छु हाम्रा मित्र नेपाली प्रधानमन्त्री केपी शर्मा ओली, जो आफ्नो ताजा अपरेशनका बावजुद हामीसँग जोडिनुभयो । उहाँको शिर्घ स्वास्थ्यलाभको कामना पनि गर्दछु ।

कोरोना विरुद्ध लड्न संरचनागत सुविधाको विस्तारमा हामीले काम गरेका छौँ । साथै जोखिमपूर्ण क्षेत्रका लागि विशेष पहल गरेका छौँ । हामीले नआत्तिकन तयारी गर्नुपर्छ । सार्क राष्ट्रहरु तयारी अवस्थामा रहनु आवस्यक छ । जब कि, हामीकहाँ जम्माजम्मी १ सय ५० वटा केस छन् । यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *