धादिङमा ग्यास बुलेटको ठक्करबाट दुईजनाको मृत्यु

Sharing is caring!

कात्तिक २५, २०७५ । धादिङको रोराङ गाउँपालिका-५ मा भारतीय नम्बरको ग्यास बुलेटले ठक्कर दिंदा दुईजना पैदल यात्रीको मृत्यु भएको छ ।

यूपी ७५ एजे ५२०८ नम्बरको ग्यास बुलेटको ठक्करबाट सोही गाउँपालिका-५ कि ३५ वर्षीया गीता नेपाली र २१ वर्षीया सुनिता नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्यास बुलेट अनियन्त्रित भइ सडकबाट करिब २० मिटर तल खसेको थियो ।

गम्भीर घाइते भएका दुवैजनाको गजुरी स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्यास बुलेटको चालक भारतीय नागरिक भोला कुमारलाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *