दुधकोशी र कमला नदीमा पानीको सतह बढ्यो, सर्तकता अपनाउन आग्रह

Sharing is caring!

भदौ ८, २०८० । निरन्तरको वर्षाले नदीहरुमा पानीको सतह उच्च भएपछि सिराहाको स्थानीय प्रशासनले दुधकोशी र कमला नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन भनेको हो ।

दुधकोशी र कमला नदीमा जल सतह खतराको तह भन्दा माथि पुगेको छ । खोटाङको रबुवा बजारमा दुधकोशीमा पानीको सतह ६ मिटर नाघेको छ भने सिन्धुलीको रानीबासमा कमला नदीको जलसतह झण्डै ४ मिटर पुगको बाढी पूर्वमानुमान महाशाखाले जनाएको छ ।

प्रशासनले सिरहामा पछिल्लो २४ घन्टामा १ सय ९ मिलिमिटर वर्षा भएपछि सतर्कता अपनाउन आग्रह गरेको हो ।
आज बिहान मात्रै सिराहामा ४९ दशमलव ४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *