दुई देशको मित्रतामा नयाँ आयाम

Sharing is caring!

असोज २५, २०७६ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशको सम्बन्ध अझै उचाइमा पुग्ने राजनीतिक दलका नेताहरूले विश्वास व्यक्त गर्नुभएको छ । लामो समयपछि उत्तरी छिमेकी मुलुकबाट हुने उच्चस्तरीय भ्रमणले नेपालका लागि निकै ठूलो महŒव राखेको उहाँहरू बताउनुहुन्छ ।
नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चिनियाँ राष्ट्रपति सीको भ्रमणले दुई देशको मित्रतालाई नयाँ आयाम दिने बताउनुभएको छ । “नेपाली काँग्रेस यो भ्रमणबाट खुसी छ र स्वागत गर्न आतुर छ”, उहाँको भनाइ छ ।
निकै लामो समयपछि हुन लागेको राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्ध बलियो हुनुका साथै आर्थिक समृद्धिको क्षेत्रमा पनि सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । आफू परराष्ट्रमन्त्री भएको बेला पनि राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको र उहाँले उचित समय मिलाएर भ्रमण गर्ने भन्नुभएको थियो, अहिले उहाँ नेपाल आउन लाग्नुभएकोले आफू निकै खुसी भएको उहाँले स्पष्ट पार्नुभयो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति सीको भ्रमण विषयमा सरकारलाई सुझाव दिइसक्नुभएको बताउँदै उहाँले नेपालमा चिनियाँ लगानी भिœयाउँदा नेपालले आफ्नो प्राथमिकता प्रस्ट गर्नुपर्ने सुझाव दिनुभयो । नेपाल र चीनबीच रहेको व्यापार घाटालाई कम गर्नका लागि पनि दुई देशबीचमा पहल हुनुपर्ने बताउँदै उहाँले नेपालबाट हुने निर्यातमा भन्सार छुटको विषयमा पनि छलफल हुनुपर्ने सुझाव दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विदेश विभाग उपप्रमुख विष्णु रिजालले नेपाल र चीनबीच रहेको समस्यारहित सम्बन्धलाई यो भ्रमणले थप नयाँ उचाइमा पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपति सी चिनफिङको भ्रमणले हामी धेरै खुसी छौँ, उहाँको स्वागतका लागि पार्टी आतुर छ । ” चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहनुभएका राष्ट्रपति सीको भ्रमणलाई पार्टीले उच्च महŒव दिँदै आएको बताउँदै उपप्रमुख रिजालले राष्ट्रपति सीको भ्रमणको फाइदा नेपालले लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालका लागि यो ठूलो मौका हो, सीको भ्रमणबाट यसको फाइदा लिनुपर्छ । ” नेपाल र चीनबीच शताब्दीयौँको मित्रता रहेको बताउँदै उहाँले यो भ्रमण आर्थिक समृद्धिका लागि कोसेढुङ्गा साबित हुने बताउनुभयो ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले राष्ट्रपति सीको भ्रमणलाई सफल बनाउन आफ्नो पार्टी तयार रहेको बताउनुभयो । विश्वको उदीयमान शक्तिशाली देशका राष्ट्रपतिको नेपाल भ्रमण आफैँमा सकारात्मक कुरा भन्दै उहाँले यो भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने आशा गर्न सकिने बताउनुभयो ।
समाजवादी पार्टीका विदेश विभाग प्रमुख अर्जुन थापाले राष्ट्रपति सीको भ्रमण नेपालका लागि ऐतिहासिक हुने बताउँदै आफ्नो पार्टीले त्यसलाई खुसीका साथ स्वागत गर्ने बताउनुभयो । सरकारले चीनसँग सम्झौता गर्दा नेपालमा कुनै प्रकारको नकारात्मक दुर्गामी प्रभाव नपरोस् भन्ने कुरामा ख्याल गर्नुपर्ने सुझाव दिँदै उहाँले यो भ्रमणले दुई देशबीचको सम्बन्ध झन् उचाइमा पुग्ने बताउनुभयो । यो खबर गोरखापत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *