डिजिटल शिक्षाको लागि यस्ता छन उपलब्ध अनलाइन टुल्स र प्लाटफर्महरु

Sharing is caring!

बैशाख २३, २०७७ । अहिले धेरै विद्यालय तथा कलेजहरुले विभिन्न अनलाइन टुल्सहरु मार्फत अनलाइन कक्षाहरु सञ्चालन गरिरहेका छन । धेरैले जुम मार्फत कक्षाहरु सञ्चालन गरेको पाइएको छ भने कतिपयले फेसबुक ग्रुप, भाइबर तथा ह्वाट्सएपकै प्रयोग गरिरहेका छन ।

मे २ तारिखमा आयोजित डिजिटल संवादमा विभिन्न उपयोगी टुल्स र प्लाटफर्मको विषयमा छलफल भएको थियो । सहकार्यमा आधारित एलएमएसमा ०३६५ तथा टिम्सको प्रयोग गर्न सकिन्छ भने क्लाउडमा आधारित कन्फ्रेन्सिङ सफ्टवेयरमा जुम र गुगल मिटको प्रयोग गर्न सकिन्छ । यसैगरी ओपन सोर्स प्लाटफर्ममा बिगब्लु बटन र जित्सीको प्रयोग गर्न सकिन्छ ।

यसैगरि लर्निङ म्यानेजमेन्ट टुल्समा माइक्रोसफ्टको मुडल उपयोगी रहेको छ । नेपाल खुल्ला विश्वविद्यालयले यहि टुल्स प्रयोग गरिरहेको छ । यसैगरी नेपालमा डिस्टान्स लर्निङ टुल्समा मिदास इ क्लास, फ्युज क्लासरुम रहेका छन । यसैगरी डिजिटल लर्निङमा निमा एकेडेमी, ओएलइ, स्मार्टर, कुल ल्याब्स तथा सिसिडीले कन्टेन्ट उपलब्ध गराइरहेका छन । नेपालमा डियरवाल्क लर्निङ सेन्टरले डिसहोम तथा नेटटिभीसँग सहकार्य गरि कक्षा सञ्चालन गरिरहेको छ भने सरकारका विभिन्न नेपाल टेलिभिजन तथा रेडियोमा दुरशिक्षा कार्यक्रमहरु सञ्चालनमा छन ।

यसैगरी कारखानाले शिक्षण सिकाईलाई आधुनिकरण गर्ने प्रयासमा काम गरिरहेको छ । जिइजीले विभिन्न रिसोर्स र प्लाटफर्म मार्फत अनलाइन ट्रेनिङ र कक्षा सञ्चालनमा विद्यालयहरुलाई सहयोग गरिरहेको छ । अनलाइन कक्षा, वर्णमाला, ओटिस जस्ता केहि एप्लिकेशनहरुले विद्यार्थीहरुलाई डिजिटल कन्टेन्ट उपलब्ध गराइरहेका छन ।

अहिले लकडाउनकै समयमा हामिसँग उपलब्ध यि विभिन्न टुल्स र प्लाटफर्महरुको सहि प्रयोग गरि अनलाइन कक्षा तथा डिजिटल लर्निङको अभ्यास गर्न सकिने छ । प्रविधिको पहुच हुनेहरुको लागि अनलाइन कन्टेन्ट पर्याप्त उपलब्ध भएपनि अफलाइन कन्टेन्टहरु भने पर्याप्त छैनन । नेपालको पछिल्लो रिपोर्ट अनुसार ७५ प्रतिशतमा मोवाइल डेटा सहितको इन्टरनेट पहुच छ भने २० प्रतिशतको हाराहारीमा मात्र ब्रोडव्याण्ड इन्टरनेटको पहुच छ ।

नेपाल टेलिकम र एनसेलले केहि दिनअघि डिजिटल लर्निङको लागि डेटा स्क्मिहरु ल्याएको भएपनि पर्याप्त नभएको धेरैको बुझाइ छ । अब सरकारले डिजिटल इन्फास्ट्रक्चर विकास गर्ने, डिजिटल लिट्रेसी बढाउने, लोकल कन्टेन्ट तयार पार्ने र दक्ष जनशत्तीसँगै ट्र्ेनिङलाई विशेष प्राथमिकतामा राखेर काम गर्न सके शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउन सकिनेमा कार्यक्रमका सहभागि विज्ञहरुले जोड दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *