कोरोना संक्रमणको संख्या ७५ पुग्यो

Sharing is caring!

बैशाख २१, २०७७ । नेपालमा कोरोना संक्रमणको संख्या ७५ पुगेको छ । आइतबार मात्र एकैदिन १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालगन्जमा १५ र पर्सामा १ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा भएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज- ८ का १६, २१ र ३४ वर्षीय पुरुष तथा ४०, ५५ र ६० वर्षीया महिलामा संक्रमण देखिएको हो । आइतबार दिउँसो मात्रै ९ जनामा संक्रमण देखिएको थियो ।

यसअघि त्यहीँका एकजना बृद्धमा संक्रमण देखिएको थियो । उनलाई पछ्याउँदै गरिएको परीक्षणमा थप १५ जनामा संक्रमण देखिएको हो ।

कोरोना संक्रमित ७५ जनामध्ये १६ जना उपचारपछि निको भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *