डा. राजाराम कार्कीको निधनमा देशभरका कांग्रेस कार्यालय शुक्रबार बन्द गरिने

Sharing is caring!

भदौ ७, २०८० । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको आज विहान बसेको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले कार्कीको निधनमा बिभिन्न शोक कार्यक्रम पनि तय गरेको छ । बैठकले आज र भोलि दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । यस्तै भोलि शुक्रबार केन्ददेखि जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरु शोक पुस्तिका राख्ने निर्णय गरेको छ । बैठकले स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ ।

कार्कीको हिजो भदौ ६ गते बुधबार निधन भएको थियो । कार्कीको पार्थीव शरीरलाई आज विहान श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको थियो । कार्कीको अन्त्येष्टि आज नै पशुपति आर्यघाटमा गरिने कांग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *