‘डस्ट स्ट्रोम’ले धुम्मिएको काठमाडौँ

Sharing is caring!

असार ५, २०७५ । गत शुक्रबार राती हिलोसहितको वर्षा भयो । काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा हिलोसहितको पानी परेपछि धेरै अचम्मित भए । शनिबार बिहान धेरैले हिले वर्षा देखे । यो हिलो पश्चिमी वायुले भारतीय मरुभुमी र औद्योगिक क्षेत्रबाट ल्याएको थियो । हिलोसहितको वर्षा स्वास्थ्यका लागि खतरनाक हुने चिकित्सकले बताएका छन् ।

हिलेपानीले महामारी फैलिने खतराप्रति उनीहरुले सचेत गराएका छन् । यस्तो प्रदुषित वर्षामा धुलोका कण र विषाक्त रासायनिक पदार्थ हुने भन्दै उनीहरुले झाडाबान्ता, एलर्जी लगायतका समस्या देखापर्नेतर्फ सजग गराएका छन् । शुक्रबार यता लगातार हिले वर्षा भइरहेको छ ।

हिले वर्षापछि काठमाडौँको मौसम धुम्मिएको छ । यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *