जनतालाई रुवाएर विकास हुदैन् : नेता श्रेष्ठ

Sharing is caring!

साउन ४, २०८० । नेकपा एमालेका नेता एवं प्रतिनिधि सभा सदस्य कृष्ण गोपाल श्रेष्ठले विकासका जनताका लागि भएको हुदाँ जनतालाई रुवाएर विकासको सपना पुरा हुन नसक्ने टिप्पणी गरेका छन् ।

दहचोकस्थित सुरुङ मार्ग क्षेत्रका प्रभावित स्थानीय र सरोकारवाला निकायसंगको छलफलमा उनले जनतालाई समस्यामा पारेर विकासको सपना सम्भव नभएको भन्दै, तत्काल प्रभावित क्षेत्रका जनताको समस्या समाधान गर्नुपर्ने बताए ।

उनले भने, ‘विकासका लागि जनताका लागि भएको हुदाँ जनतालाई रुवाएर विकास हुदैँन् । बलको कारणले गर्दा धेरै वटा घरको क्षति भएको छ र मानिसलाई डर भएको छ, यस्तो अवस्थामा राज्यले उपयुक्त निरिक्षण गरेर, बस्न योग्य, बस्न अयोग्य भनेर र बस्नको लागि विकल्प दिने हो भने जनताको समस्या आउँदैन् । ’

यस्तै, उनले जनताको समस्या समाधान गर्ने काम सरकारको भएको भन्दै जनतालाई नेताहरुको भाषण होईन्, परिणाममुखी काम चाहिएको तर्क गरे । उनले भने, ‘जनतालाई पानी खुवाउने काम सरकारको हो, त्यसककारण यस विषयमा म गम्भीर छु । विकासको परियोजनामा स्थानीयलाई रोजगारी दिने विषय पनि महत्वपूर्ण भएको हुदाँ यसमा पनि ध्यान गएको छ । हामीलाई नेताहरुको भाषण होईन्, परिणाममुखी काम चाहिएको हो । भाषणले पेट भर्दैन् ।’

यस्तै स्थानियले विष्फोटक पदार्थ प्रयोग गरेर सुरुङ निर्माण गर्ने क्रममा घरको जगसम्म हल्लिएर जमिन भासिएको भन्दै सम्बन्धित निकायले वेवास्ता गरेको आरोप लगाएका छन् ।

घरहरुको क्षतिको वर्गीकरणको आधारमा क्षतिपूर्ती दिनुपर्ने, दिर्घकालिन असरको बारेमा अहिले नै समाधान खोजिनु पर्ने, पानीको मुहान पूर्ण रुपमा सुकेको हुनाले, एक घर एक धाराको व्यवस्था हुनुपर्ने, डिपीआर गर्दा खतरा भएको जमिनको मापदण्ड छुट्टाई, सोको बारेमा पीडित पक्षलाई जानकारी दिनु पर्ने तथा बाटो मर्मत तथा ढलान गर्नु पर्ने माग स्थानीयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *