नेपाल विदेशीको नक्कल गर्ने थलो बन्यो : बामदेव गौतम

Sharing is caring!

साउन ४, २०८० । बामदेव गौतमले नेपाल विदेशीको नक्कल गर्ने थलो बनेको टिप्पणी गरेका छन् । राष्ट्रिय सभाको बैठकमा बिहिबार उनले, बेलायतको नक्कल गरेर धेरै संख्याको प्रतिनिधि सभा बनाइएको भन्दै आपत्ति जनाए ।

उनले भने ‘२७५ जनाको प्रतिनिधि सभा किन चाहियो ? घटाउनुस यसलाई २०० मा झार्नु २०० बनाउनु अथवा १५०—१५१ मात्र बनाउनुस् । त्यही पनि चल्छ , राष्ट्रिय सभाको सदस्य भन्न मिलेन तर प्रतिनिधि सभाको भन्दा छुट्टै अधिकार के छ ? कर्तव्य के छ ? बेलायतको नक्कल गरेर जसवेला राजाको टाउको काटेर विद्रोहीहरुले बेलायत भरी घुमाएका थिए र पछि श्रमिकहरुले विद्रोह गर्न सुरु गरेपछि ? जमिनदार र पुँजिपतिहरु मिलेर छुट्टै सदन बनाउने कार्य गरे । त्यसैलाई नक्कल गरेर आज हामी यहाँ छौं । ’

उनले संसदीय प्रणालीमा मात्रै नभई, विकास निर्माण लगायत अन्य क्षेत्रमा समेत नेपालले विदेशी नक्कल गरेको उनको टिप्पणी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *